विकास

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

कावासोती, १६ पुस । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल… पुरा पढौ

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

नवलपुर, १५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो । नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)ले म्याद थपको माग भएको जानकारी दिएको छ । योजना प्रमुख रमेशकुमार दिष्टीले निर्माण पक्षले सडक विस्तारको म्याद थप गर्न माग गर्दै कन्सल्टेन्सलाई कागजपत्र बुझाएको… पुरा पढौ

मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि माघ १४ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी, १२ पुस । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरूपमा गति दिन यही पुस १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुस १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात… पुरा पढौ

नारायणगढ-बुटवल सडक किनारका संरचना हटाइँदै

नवलपुर, ११ पुस । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए। “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो”, आयोजना प्रमुख दिष्टीले भने, “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।” सडक विस्तारका लागि ड्रेनेज… पुरा पढौ

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि रु एक अर्ब बजेट

काठमाडौं, १२ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुका साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका… पुरा पढौ

हेलिकोप्टरबाट डोजर ढुवानी गरी हिमालको काखमा सडक

जाजरकोट, ९ पुस । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए। आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग… पुरा पढौ

माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

लमजुङ, ४ पुस । माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो । आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ । उहाँले भन्नुभयो “उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणकोे… पुरा पढौ

सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

कर्णाली, ३ पुस । लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो । सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो । प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय… पुरा पढौ

सदाशिव शिद्धेश्वर हरिहर मन्दिरमा तयार हुँदै बिभिन्न पूर्वाधार

गण्डकी, २ पुस । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित दुई शताव्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा बिभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । पोखराको इतिहासको साक्षि मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य वनाउने सोचका साथ सदाशिव हरिहर मनिदर व्यवस्थापन समितिको सकृयतामा १०८ गौमुखे धारा, शिवलिङ्ग लगायतका संरचना निर्माण गर्न लागिएको हो । एक सय आठ गौमुखे धाराबाट पवित सेतीनदीको पानी निरन्तर झरि रहनुका साथै १०८ शिबलिङ्ग, मुख्य र सहायक प्रवेशद्धार, विवाह तथा पितृउद्धार मण्डप निर्माणका लागि अहिलेसम्म २१ लाख… पुरा पढौ

बेलिब्रिजले गाईघाट-दिक्तेल जाेडेपछि सिधा यातायात सञ्चालन

उदयपुर, २ पुस । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो । औपचारिकरूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरु भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले… पुरा पढौ