शिक्षा

लेकसिटी कलेजमा संगीतमय कार्निभल

पोखरा, २९ असोज । पाेखराकाे गैर्हापाटनमा रहेकाे लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए ।  लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जनाए । बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । ञनयाँ… पुरा पढौ

पोखराकाे एनटिएचएमसीमा “दसैं उत्सव” कार्यक्रम

पोखरा, २६ असोज । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडामा शुक्रबार दसैं उत्सव २०२३ आयोजना गरिएको छ । कार्यक्रम बिबिए, बिएचएम र प्लस टु का विद्यार्थीले आयोजना गरेका हुन् । दशैं उत्सवमा विद्यार्थीहरुले नै बनाएका विभिन्न खानाका परिकारहरु राखिएको छ । लाखे नाच, झाँकिसहित सांगीतिक लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । कार्यक्रमको बारेमा कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले भने, चाडपर्वको संरक्षण र प्रवर्धनको लागि विद्यार्थीले उनीहरुको पढाई संगसंगै इभेन्ट म्यानेजमेन्टका सिपहरु प्रदर्शन गरेको बताए । विद्यार्थीको शिक्षासंगै समग्र विकासको लागि… पुरा पढौ

काठमाडौ विश्वविद्यालयमा पहिलोपटक शिल्प तथा डिजाइन बिषयकाे पढाइ शुरू

काठमाडौँ, २६ असोज । काठमाडौँ विश्वविद्यालयले पहिलोपटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौँ विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गर्नुभयो । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताउनुभयो । उहाँले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार उक्त… पुरा पढौ

मल्पी इन्टरनेशनल कलेज र कामना सेवा बैकबीच शिक्षण शुल्कमा छुट दिने सम्झौता

काठमाडौं, २० असाेज । कामना सेवा विकास बैंकले काठमाडौंको नारायण गोपालचोक चक्रपथमा रहेको मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएकाे छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको… पुरा पढौ

शिक्षासेवी तथा शिक्षा पत्रकार सम्मानित र पुरस्कृत

काठमाडौँ, १५ असोज । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । समाजले रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार रूवी रौनियारलाई प्रदान गरेको छ । उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट रु दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो । कार्यक्रममा शिक्षा… पुरा पढौ

ज्योतिषको प्रयोगात्मक अध्ययनका लागि संस्कृत विद्यापीठमा गोल निर्माण

पोखरा, १२ असोज । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ । विद्यापीठका पूर्व प्राचार्य सहप्रा अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्रा पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज यहाँ आयोजित कार्यक्रममा सहप्रा भट्टराईले जानकारी दिए । ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा… पुरा पढौ

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी

दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो । माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको… पुरा पढौ

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पाेखरा, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट… पुरा पढौ

शैक्षिक सामग्री डिजिटल गर्न नसकिए अस्तित्व हराउँछ : आचार्य

काठमाडौं, ४ असोज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि ‘नेपाल एजुकेशन एण्ड टोय एक्स्पो’ सुरू भएको छ । प्रदर्शनी भोलिसम्म जारी रहनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त प्रदर्शनीको उद्घाटन गर्दै सूचना र प्रविधिको अहिलेको युगमा पुस्तक तथा छापिएका सामग्रीसँगसँगै अन्य शैक्षिक सामग्रीहरू डिजिटल गर्न नसकिए पुस्तकको अस्तित्व नै हराउन सक्ने बताए। उनले आगामी दिनमा खेल सामग्री र पाठ्यपुस्तक एकै छानामुनि राखेर व्यवसाय गर्न पनि सुझाव दिए। प्रदर्शनीमा बालबालिकाका लागि उपयोगी शैक्षिक… पुरा पढौ

विद्यालयका शिक्षक, कर्मचारी बन्द हडतालमा उत्रिए सेवाबाट बर्खास्त गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं,३ असोज । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेपछि काठमाडौं महानगरपालिकाले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको छ । यदी विद्यालयका शिक्षक, कर्मचारी नै बन्द हडतालमा उत्रिएकाे खण्डमा सेवाबाट बर्खास्त गर्ने काठमाडौं महानगरले चेतावनी समेत दिएकाे छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा असहमति भएपनि विद्यालय बन्द गर्न नहुने बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याएमा कानुन अनुसार कारबाही हुने बताएका छन् । विद्यालय बन्द… पुरा पढौ