शिक्षा

कक्षा १२ को पुरक परिक्षाको नतिजा प्रकाशित

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको… पुरा पढौ

कुमुदिनीद्वारा निसर्ग वाटीकाका विद्यार्थी-शिक्षकको टोलीलाई स्वागत तथा अन्तर्क्रिया सम्पन्न

पोखरा, २१ कात्तिक । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा काठमाडौंबाट पोखरा भ्रमणमा आएको निसर्ग वाटीका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई स्वागत तथा शैक्षिक अन्र्तक्रिया सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले शिक्षकसहितको निसर्गका विद्यार्थीलाई स्वागत गर्दै कुमुदिनीको शैक्षिक तथा सांस्कृतिक, प्राकृतिक हरियाली, वोटानिकल गाडर्ने, मिनि जु, म्युजियम, भवन निर्माणमा भक्तपुरे आर्टिटेक्चरको प्रयोग, २००, ३०० वर्ष पूराना झ्यालहरु र शैक्षिक सफलताका विविध विषयहरुमा जानकारी दिए । रविभवनमा रहेको निसर्ग वाटिका विद्यालयको टोली हरेक वर्ष पोखरामा… पुरा पढौ

कुमुदिनी होम्स र फिस्टेल अस्पतालद्वारा भूकम्प पिडितका लागि ३ लाख ३३ हजार बढी सहयोग

पाेखरा, २० कात्तिक । पोखरा ४ गैह्रपाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालय तथा फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले भूकम्प पिडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन् । अध्यक्ष अशोक पालिखेले विपदमा परेका दाजुभाई दिदिबहिनीहरुको लागि राहत तथा पुर्नस्थापनाका लागि सहयोग हाेस् भन्ने हेतुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत सहायता कोषमा जम्मा गरिएको जनकारी दिए । पालिखेका अनुसार कुमुदिनी होम्स विद्यालयको तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ तथा फिस्टेल हस्पिटलको तर्फबाट २ लाख… पुरा पढौ

गणित विज्ञान बिषयमा महिलालाई आकर्षित गर्न सम्मेलन

काठमाडौं, १९ कात्तिक । गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौँमा आयोजित तीनदिने सम्मेलन आज सम्पन्न भएको छ । गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो । सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिइन। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निरासाले शैक्षिक… पुरा पढौ

बास्कोटाको ४ वर्षे कार्यकाल सकिएपछि त्रिविकाे उपकुलपति पद रिक्त

काठमाडौँ, १८ कात्तिक। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको ४ वर्षे कार्यकाल शुक्रबारदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ । प्राडा बाँस्कोटाले उपकुलपति रहेकाे अाफ्नाे कार्यकालमा प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए । साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, विद्यार्थी कल्याण तथा खेलकुदमा चासो, त्रिविका सम्पत्तिको संरक्षण, त्रिवि अलुम्नाई एशोसियशनलाई… पुरा पढौ

मदन भण्डारी विश्वविद्यालयले ल्यायो विश्वस्तरको अनुसन्धानमूलक शैक्षिक कार्यक्रम

मकवानपुर, १७ कात्तिक। कानुन जारी भएको १ वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ । विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन… पुरा पढौ

‘पढ्दै कमाउँदै’ : विद्यालयकाे खालि जग्गामा ढकमक्क सयपत्री

धुलिखेल, १६ कात्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ । “करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उनले भने, “रु एक… पुरा पढौ

प्रतिभा माविमा कोड फेस्टिभल सुरु

पोखरा, १२ कात्तिक । पोखरा नदिपुर स्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ । कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु

पोखरा, ३० असोज । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् । गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए ।… पुरा पढौ

कुमुदिनी होम्सद्वारा हस्तलेखनमा प्रथम भएकी मानवीलाई बधाई तथा पुरस्कार हस्तान्तरण

पोखरा, ३० असोज । कसमस एजुकेशन ट्रेनिङ सेन्टरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल विद्यार्थी मानवी तिवारीलाई कुमुदिनी होम्सले सम्मान तथा वधाई दिएको छ । साथै उनलाई पुरस्कार हस्तान्तरण गरेको छ । विद्यालयका अध्यक्ष अशोक पालिखेले कक्षा १० मा अध्ययनरत् छात्रा तिवारीलाई उनले हस्तलेखन प्रतियाेगितामा प्रथम स्थान हाँसिल गरी प्राप्त गरेको नगद रुपैयाँ १५ हजार, मेडल तथा ट्रफि एक मंगलबार एक समाराेहबीच समारोहबीच हस्तान्तरण गरे । सो अवसरमा पालिखेले आफ्ना विद्यार्थीहरुले पढाईको साथसाथै अतिरीक्त… पुरा पढौ