स्वास्थ्य

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवन, ८ असार । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका… पुरा पढौ

अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

काठमाडाैं, ७ अससार । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सेराे प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र… पुरा पढौ

तनहुँमै पहिलो पटक सत्यवती माविले दियाे नर्सिङ सुविधा

तनहुँ, २ असार । तनहुँको एक सामुदायिक विद्यालयले जिल्लामै पहिलो पटक नर्सिङ सुविधा प्रदान गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले सुविधा प्रदान गरेको हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गरेको छ ।प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै… पुरा पढौ

स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट हुनुपर्छ : डा सङ्ग्रौला

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा कम्पनी तथा ३५० भन्दा बढी निजी अस्पताल रहेको उल्लेख गरिन्। “निजी बीमा कम्पनीले मुनाफामा मात्रै आँखा लगाइरहेका हुन्छन, प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु व्यहोर्न चाँहदैनन् । जोखिम राज्यले व्यहोर्ने र मुनाफा निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन”, सांसद सङ्ग्रौलाले भनिन्।… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन गर्न सांसदहरुले गरे माग

काठमाडाैं,२९ जेठ । प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७९-८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरेका थिए । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए। सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको… पुरा पढौ

जनतामा स्वास्थ्य जनचेतना जगाउन श्रोतहरुको उपयोग गर्न आवश्यक : डा मिश्रा

पाेखरा, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा.संगीता कौशल मिश्राले कुनै पनि विषयसंग मानविय स्वास्थ्यका कुरा जोडिने भएकोले संचार क्षेत्रले स्वास्थ्यका सहि कुराहरु जनता समक्ष पुर्याउन आवश्यक भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पोखरामा संचारकर्मिहरुको लागि गरेको “जोखिम संचार तथा सामुदायिक सहभागिता'' सम्बन्धी छलफल कार्यक्रममा मिश्राले कहिलेकाँही छिटो गर्ने र पहिलो हुने नाममा कतै जनतामा गलत सूचना त गएको छैन भन्ने बारेमा सचेत रहनु पर्ने बताईन् । बेलामा बेलामा विभिन्न प्रकारका विपद्हरु… पुरा पढौ

पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप लगाइने

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराएका छन् । उनले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो… पुरा पढौ

पोखरामा खाद्य स्वच्छता दिवस मनाइने, खाद्यवस्तु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने : बराल

पोखरा, १९ जेठ । खाद्य स्वच्छता दिवसका अवसरमा पोखरामा विभिन्न जनचेतनमूलक कार्यक्रम गरिने भएको छ । बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले जेठ २४ गते सम्म आम उपभोक्ताहरुलाई खाद्य स्वच्छताको महत्वबारे जानकारी गराउने उद्देश्यले सप्ताह व्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गरिने बताए । २०६५ देखि खाद्य स्वच्छता दिवस मनाइँदै आएपनि यस बर्ष देखि भने प्रदेश र जिल्ला स्तरमा पनि मनाउन थालिएको हो । दिवसका अवसरमा बजार अनुगमन तथा निरीक्षण, स्वच्छता सम्बन्धि अन्तक्र्रिया… पुरा पढौ

धनगढीको गेटामा यसै वर्ष तीन सय श्ययाको अस्पताल सुरु हुने

काठमाडौं, १४ जेठ । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए । गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् ।… पुरा पढौ

काठमाडौं महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुुुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो । बुस्टर र दोस्रो… पुरा पढौ