स्वास्थ्य

कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने

काठमाडाैं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छिन्। नेपाल सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले साे कुरा बताइन् । रकारले काेभिड विरूद्धकाे खाेप उत्पादनमा ध्यान दिने बताइन । उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताएकी छन् । आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाँइ सुविधा सरकारले पुर्‍याउने भएकाे छ। तरकारीमा विषादी परीक्षण, क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने भएकाे छ। पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित बनाइने… पुरा पढौ

स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म

तम्घास, ७ जेठ । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। बीमामा छुट र सुत्केरीलाई यातायात खर्च चन्द्रकोट गाउँपालिकाले विपन्न… पुरा पढौ

मुख्यमन्त्री पोख्रेलले गरे आई एन एफ नेपाल हरियोखर्क अस्पतालको अवलोकन

पोखरा,७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल तथा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्का सहितकोे टोलीले पोखरास्थित इन्टरनेसनल नेपाल फेलोसिप (आई एन एफ) नेपालद्वारा सञ्चालित हरियोखर्क अस्पातलको अवलोकन भ्रमण गरेका छन । एक औपचारिक कार्यक्रम बीच सो टोलीलाई आई एन एफ नेपाल हरियोखर्क अस्पातलले स्वागत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री पोखरेलले कुष्ठरोगको उपचारका लागि खुलेको हरियो खर्क अस्पतालले निरन्तर सेवा प्रदान गर्दै हाल शारीरिक असक्तता, कान , स्पाइनल कर्ड इन्जुरी जस्ता… पुरा पढौ

नेपालमा ४७ लाख उच्च रक्तचापका बिरामी रहेकाे अनुमान

काठमाडौँ, ३ जेठ । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएकाे छ । विश्व उच्चरक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन । उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र ४ लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो ।… पुरा पढौ

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

काठमाडौ, २७ वैशाख । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र… पुरा पढौ

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन

काठमाडौं, २५ वैशाख । सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए । वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने… पुरा पढौ

स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा दिइने

सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए। “सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उनले भने, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि… पुरा पढौ

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’

बागलुङ, २२ वैशाख । खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ । यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताए। “धौलागिरि क्षेत्रमा खोप… पुरा पढौ

अब सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न पाइने

काठमाडौँ, १९ वैशाख । सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ । मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्ने दिनेगरी मस्यौदा तयारी थालिएको हो । “अहिले… पुरा पढौ

‘हेड’ र ‘स्पाइनल इन्जुरी’को उपचार सेवाबाट बिरामी लाभान्वित

कर्णाली, १७ वैशाख । टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामी यस अघि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । यतिबेला त्यो बाध्यता भने विस्तारै हट्दो छ । एक वर्षयता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको वचत भएको छ । वीरअस्पताल ट्रमा सेन्टरमा कार्यरत डा निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि विसं २०७८… पुरा पढौ