स्वास्थ्य

१४ जनामा देखियाे काेराेना सङ्क्रमण

काठमाडाैं, १६ बैशाख । नेपालका बिभिन्न् स्थानमा परिक्षण गर्दा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित… पुरा पढौ

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

रामपुर (पाल्पा), १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ । गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउछिन् । उनले भनिन्, “गाउँबाट तानसेन पुग्न चार, पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुप¥यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी… पुरा पढौ

आगामी ३ बर्षमा नेपालमा औलो निवारण गर्ने लक्ष्य छ : निर्देशक खड्का

पोखरा १२ बैशाख । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं' नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको छ । हरेक बर्ष अप्रिल २५ तारिखमा यो दिवस मनाउने गरिन्छ। सोमबार पोखरामा आयोजित अन्तक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले आगामी ३ बर्षमा नेपालमा औलो निवारण गर्ने सरकारी लक्ष्य अनुसार आफूहरुले अभियानलाई तिव्रता दिएको बताए। सन् २०२५ सम्म नेपालमा औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको र अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताए ।… पुरा पढौ

थप २१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, १२ वैशाख । आज २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना छन् । पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५४० पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् ।… पुरा पढौ

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी, ८२.१ प्रतिशत उपचार सफल

दमौली, १२ वैशाख । तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ… पुरा पढौ

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस भाेलि नेपाल भ्रमणमा आउँदै

काठमाडौं, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले बिहिबार वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । उनले परराष्ट्रमन्त्री… पुरा पढौ

प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ए खुवाउन सुरु

मोरङ, ६ वैशाख । प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरियाे । छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि… पुरा पढौ

प्रा.डा अन्जनीकुमारमाथि अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरु’ लोकार्पण

काठमाडौं, ३ वैशाख । अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज लोकार्पण गरिएको छ । स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकार्पण गरेकी हुन्। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी हुुनुहुन्थ्यो भने। “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उनले भने । उनका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले… पुरा पढौ

प्राकृतिक उपचारको आकर्षण बन्दै म्याग्दीकाे तातोपानी कुण्ड

गलेश्वर,२९ चैत : पदयात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुुण्डहरुलाई व्यवस्थित बनाउन थालिएको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि… पुरा पढौ

जनकपुरमा २०० शैयाकाे आधुनिक क्यान्सर अस्पताल बन्ने

धनुषा, २८ चैत । जनकपुरमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शैयाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा विनय शाहले जानकारी दिए । डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए। उनले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो अस्पतालको… पुरा पढौ