स्वास्थ्य

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

चितवन, ८ माघ । कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो । अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो । अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था… पुरा पढौ

२४ घण्टामा १०,७०३ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ माघ । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । संक्रणमुक्त हुने दर ९१।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत… पुरा पढौ

वीरगञ्जमा कोरोनाबाट एक जनाको निधन

वीरगञ्ज, ७ माघ । कोरोना संक्रमणको तेस्रो लहरपछि पहिलो पटक वीरगञ्जमा एक जनाको निधन भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गएराति भर्ना भएका ५० वर्षीय एक कोरोना संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउने ती पुरुष बारा जिल्ला महागढीमाई नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । राति साढे ८ बजे निजी अस्पतालबाट नारायणी अस्पतालमा भर्ना हुन आएका पुरुषको राति पौने १२ बजे उपचारका क्रममा निधन भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । पुरा पढौ

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

जाजरकोट, ७ माघ । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन् । स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै… पुरा पढौ

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

चितवन, ६ माघ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा रु ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि रु एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो… पुरा पढौ

११,३५२ जना थपिए कोरोनाका बिरामी, काठमाडौं उपत्यकामा मात्रै ६३४३ जना संक्रमित

काठमाडौं, ५ माघ । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढी हो । मंगलबार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो । आज कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको… पुरा पढौ

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

भजनी, ५ माघ । भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए। “भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुप¥यो”,… पुरा पढौ

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी, ५ माघ । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिए। “यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हँुदै आएको थियो”, उनले भने । बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो । यसअघि… पुरा पढौ

एकै दिन १०,२५८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

काठमाडौं, ४ माघ । गएको २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको हो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् । त्यस्तै गएको २४ घण्टामा ५६२ जना… पुरा पढौ

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको निधन

काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा समयावधिमा तीन जनाको निधन भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । पुरा पढौ