स्वास्थ्य

एसिड तथा जलन पीडितहरुको सुष्मा मेमोरियल अस्पतालले निःशुल्क उपचार गर्ने

काठमाडौं, ३० पुस । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्ध गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो । सम्झौतापश्चात् पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने… पुरा पढौ

भक्तपुरका ९३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयाे

काठमाडौं, ३० पुस । भक्तपुरमा लक्षित जनसंख्याको ९३.४ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल २ लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए पनि हालसम्म ८१ हजार ७०५ जनाले खोप… पुरा पढौ

थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, २९ पुस । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा एक जनाको निधन भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । पुरा पढौ

बढ्दै कोरोना सङ्क्रमण, एक हप्तामा १० हजार ५८४ जनामा पुष्टि

काठमाडौं, २९ पुस । कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताए। ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।… पुरा पढौ

नर्भिकमा पनि कोभिड-१९ खोप केन्द्र

काठमाडौं, २९ पुस । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोप केन्द्र सञ्चालन गर्ने भएको हो । सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोप केन्द्र सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको… पुरा पढौ

बागलुङमा ६५ हजार पशुचौपायालाई खोप

बागलुङ, २९ पुस । जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो । बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबरलगायतका खोप लगाइने पशु स्वास्थ्य अधिकृत केशव शर्माले… पुरा पढौ

ओमिक्रोनले एकबाट १० जनामा सङ्क्रमण सार्ने

काठमाडौं, २९ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइरालाले ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ । “सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने… पुरा पढौ

रु डेढ करोडकाे अक्सिजन प्लान्ट निर्माण, परीक्षण उत्पादन सफल

कर्णाली, २९ पुस । वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने, “प्लान्ट जडान… पुरा पढौ

थप ३०७५ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

काठमाडौं, २८ पुस । पछिल्लो २४ घण्टामा तीन हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुबै विधिबाट १३ हजार ३६ जनामा गरिएको परीक्षणमा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ भने २७८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पुरा पढौ

ओमिक्रोन बढी संक्रामक, खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

चितवन, २८ पुस । कोरोना भाइरस संक्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको संक्रमण हुनसक्ने उनीहरुको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा. भोजराज अधिकारीले खोप नलगाएको समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोनको बढी खतरा हुने बताए । अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट संक्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए । चिकित्सक अधिकारीले भने, ‘कोरोना भाइरस… पुरा पढौ