स्वास्थ्य

परिवार नियोजन संघकाे ‘आइभिएफ’ क्लिनिक

काठमाडौं, २ असोज । नेपाल परिवार नियोजन संघले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ । यसका लागि पुल्चोकस्थित सङ्घको केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको छ । नेपाली स्त्रीरोग विशेषज्ञसहित भारतीय विशेषज्ञले क्लिनिकल सेवा प्रदान गर्नेछन् । यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यका क्षेत्रमा उपचारात्मक तथा प्रवद्र्धनात्मक दुवै सेवा प्रदान गरिराखेको सङ्घले स्थापनाको ६३ वर्षपछि पहिलोपटक सो क्लिनिक सञ्चालनमा ल्याउन… पुरा पढौ

बागमतीमा १८ लाखले लगाए खोप

काठमाडाैं, ३० भदौ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ । प्रदेशमा १८ वर्र्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप… पुरा पढौ

तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान

डोटी, २९ भदौ । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उनले रु ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरे । उनले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा क्रमशः रु ११, ११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरे । जिल्लाका नौवटै स्थानीय तहलाई व्यक्तिगतरुपमा आफूले निःशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको नेता शाहीले बताए । उनले भने, “कोरोना जोखिमबाट जोगिन र… पुरा पढौ

औषधिमा आत्मनिर्भर हुन ऐन बाधक : एपोन अध्यक्ष पाण्डे

काठमाडौं, २९ भदौ । औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने नेपाल औषधि उत्पादक सङ्घ(एपोन) ले माग गर्दै आएको छ । केही वर्ष अघिसम्म करिब १० प्रतिशत… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्यो

नयाँ दिल्ली, २९ भदौ, । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र… पुरा पढौ

आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ देखि

काठमाडौं, २८ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो । संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । पुरा पढौ

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी, २८ भदौ । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण… पुरा पढौ

निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको… पुरा पढौ

भरतपुर अस्पतालमा बहिरंगको समय बढाइने

चितवन, २८ भदौ । चितवनको भरतपुर अस्पतालमा बहिरंग सेवाको समय बढाइने भएको छ । आगामी असोज १ गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो । यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि ३ बजेसम्म दिँदै आएको थियो । “अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलले जानकारी दिए । बिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब दिउँसो १२ बजेसम्म काटिने भएको छ । बहिरंग सेवामा बिहान… पुरा पढौ

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

बेइजिङ, २७ भदौ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण… पुरा पढौ