स्वास्थ्य

करोडले पाए कोरोनाविरुद्धको खोप

नयाँ दिल्ली, १९ भदौ । भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ । खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट… पुरा पढौ

७ महिनामा नै लक्षितलाई खोप

काठमाडौँ, १७ भदौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै १ करोड बढीले खोप लगाउन सफल भएका छन् । सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । मन्त्रालयले अहिलेकै दरमा… पुरा पढौ

चर्चा यौनिकता शिक्षाको

’काठमाडौं, १७ भदौ । ‘बृहत् यौनिकताशिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । विद्यालय र विद्यालयभन्दा बाहिर रहेका किशोर–किशोरीलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या… पुरा पढौ

एक करोड ९२ लाख मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौं, १७ भदौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन

पोखरा, १६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला उक्त अस्पतालले गरेको तयारी बारे जानकारी लिन मुख्यमन्त्री आकस्मिक रुपमा अनुगमनमा निस्केका हुन् । मुख्यमन्त्रीले कोभिड वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन आपुर्ति केन्द्र, मेडिकल वार्ड, प्रसूति वार्ड र एनआइसियु वाड अनुगमन गरी बिरामीसँग अन्तक्रिया समेत गरे । तेस्रो लहरको प्रभाव बालबालिकामा हुने अनुमान गरिएकामा अस्पतालले त्यही अनुसारको तयारी गर्न मुख्यमन्त्री… पुरा पढौ

४ महिनापछि निषेधाज्ञा हटाइयो

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो। जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुने… पुरा पढौ

घट्दै कोरोना, थपिदै निषेधाज्ञा

काभ्रेपलाञ्चोक, १६ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा… पुरा पढौ

आयुर्वेद चिकित्साबाट पर्यटक तान्न सकिन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा, १५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्ने बताएका छन् । मंगलबार पोखरामा सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पोखरामा गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकीमा आयुर्वेद चिकित्सको प्रचुर सम्भावना रहेकाले त्यसै अनुसार विकास गर्दैै लैजानुपर्नेमा जोड दिए । सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरी औषधीजन्य जडिबुटी रहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आयुर्वेद चिकित्साका माध्यमबाट पनि पर्यटक तान्न सकिने भनाइ राखे । पोखरा र आसपासका… पुरा पढौ

तिलगङ्गा आँखा प्रतिष्ठानमा बुधबारदेखि विस्तारित सेवा

काठमाडौं, १५ भदौ । तिलगङ्गा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । हाल बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भदौ १६ गतेदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित… पुरा पढौ

वात्सल्य ५ औं वर्ष प्रवेश, वार्षिकोत्सवकाे अवसरमा भाद्र मसान्तसम्म नि:शुल्क ओपीडी र अल्ट्रासाउण्डको व्यवस्था

काठमाडाैं, १५ भाद्र । नि:सन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउन स्थापना भएकाे वात्सल्य आईभिएफ कृष्णजन्माष्टमीको दिनबाट आफ्नो उत्कृष्ट सेवाको ५ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा भाद्र मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतिका लागि वात्सल्यले नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्ड को व्यवस्था गरेको छ । लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतिका लागि यस नि:शुल्क योजनाले आधुनिक प्रजनन् सेवा सम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना  पहिल्याउन मद्दत पुर्याउने विश्वास लिएको… पुरा पढौ