स्वास्थ्य

कोरोना ‘ग्रिन जोन’ तर्फ बागलुङ

बागलुङ, २७ भदौ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । ८५ वडामध्ये अब २ मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन् । तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा २ मा १६ र वडा ५ मा १३ कोरोनाका सक्रिय सङ्क्रमित छन् । वडा २ मुख्य बजार र वडा ५ मा बिहेभोज खाएकामा धेरै सङ्क्रमण देखिएको… पुरा पढौ

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

डोटी, २६ भदौ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु थापाले जानकारी दिए । उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको… पुरा पढौ

मौसमी ज्वरोका बिरामी बढे

चितवन, २५ भदौ । यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १ सयभन्दा बढी छ । पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए। भरतपुर अस्पतालको जनरल मेडिसिनमा… पुरा पढौ

सङ्क्रमण घट्दै,निको हुने बढ्दा अस्पतालका शय्या खाली हुँदै

काठमाडौं, २३ भदौ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले… पुरा पढौ

१२ बुँदे घोषणपत्र जारी गर्दै डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न

काठमाडौं, २२ भदौ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक आज सम्पन्न भएको छ । भर्चुअलरुपमा सञ्चालित दुई दिने सो बैठकले जारी गरेको घोषणापत्रमा कोभिड–१९ को महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच पु¥याउन र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वको सहभागिता हुनुपर्नेमा जोड दिएको उल्लेख छ । घोषणा पत्रमा… पुरा पढौ

मुख्यमन्त्री द्वारा भेन्टिलेटर हस्तान्तरण

पोखरा, २२ भदाै । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १, १ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे । मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई… पुरा पढौ

वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए

वाग्मती, २२ भदौ  । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको… पुरा पढौ

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौं, १९ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ । बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी… पुरा पढौ

क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

हभाना, १९ भदौ । क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् । क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिथक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ । उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १०… पुरा पढौ

ग्राण्डी अस्पतालमा रिंगटा उपचारका लागि क्लिनिक सञ्चालन

काठमाडौं, १९ भदौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिंगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ । पछिल्लो समय धेरै मानिसमा रिंगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालका प्रशासक हरि खड्काले रिंगटा लाग्ने आम व्यक्तिको समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए। “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ”, उनले भने । उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन… पुरा पढौ