स्वास्थ्य

सहरभन्दा गाउँमा कोरोना बढ्दै

तनहुँं, ५ असार । कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन । गाउँमा पूजापाठ, भोजभतेर पनि निर्बाध चलिरहेका थिए । शहरियालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कतिपय गाउँमा त भुसको आगो फैलिए झैँ कोरोना फैलिएको छ । बरु शहरमा सावधानी अपनाउँदा विस्तारै सङ्क्रमण दर घट्दो देखिन्छ । गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको… पुरा पढौ

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं, ५ असार । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् । यस्तै, नेशनल मेडिकल कलेज,… पुरा पढौ

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

चितवन, ५ असार । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा… पुरा पढौ

चरक मेमोरियल हस्पिटलले क्याथ ल्याब सेवा विस्तार गर्दै

पोखरा, ४ असार । पोखराको चरक मेमोरियल हस्पिटलले क्याथ ल्याब सेवा विस्तार गर्ने भएकाे छ । हस्पिटलले यही असार ६ गतेबाट क्याथ ल्याब सेवा सुरु गर्ने भएको हाे । साे सेवा शुरू भएपछि चरकले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटुरोग सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्नेछ । हस्पिटलले निकट भविश्यमा बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए। हस्पिटलको पहिलो प्राथमिकता भनेकाे बिरामी बचाउनु हो। बिरामीको रोगको प्रकृति र आवश्यकताको आधारमा उपचार अगाडि बढाउँछौं… पुरा पढौ

वाग्मती प्रदेश सरकारमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, ४ असार । वाग्मती प्रदेश सरकारमार्फत उपलब्ध गराइएको अत्यावश्यक स्वास्थ्य सामग्री नुवाकोटका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ। त्रिशूली अस्पतालसहित स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका लागि प्राप्त भएको कोरोनाविरुद्धको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सहायता सामग्री बिहीबार एक कार्यक्रमबीच वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले हस्तान्तरण गरे। सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उक्त स्वास्थ्य सामग्रीमा स्थानीय तहमा अत्यावश्यक रहेको मास्क २ हजार ५ सय थान, फेसशिल्ड १ सय ५० थान, पिपिइ ५० थान, चश्मा १ सय थान, एन्टिजेन किट ५… पुरा पढौ

सय शय्याको काठमाडाैं महानगर विशेष अस्पताल बनाइने

काठमाडौं, ३ असार । काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १ सय शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ। महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १ सय शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरे। प्रमुख शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा… पुरा पढौ

कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी

काठमाडौं, ३ असार । नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर अतिआवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ । समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले आज विज्ञप्तिमार्फत उक्त सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क… पुरा पढौ

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

काभ्रेपलाञ्चोक, ३ असार । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएकाे रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उनले भने । उनका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको… पुरा पढौ

मुख्यमन्त्रीद्वारा अक्सिजन प्लान्टको उद्घाटन

जनकपुरधाम, २ असार । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४ सय ५० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने जनाइएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे । उनले उद्योग स्थापना गर्ने सञ्चालकहरूलाई धन्यवाद दिदैं कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्वपूर्ण रहेको धारणा पनि राखे । एस आर जे समूहका… पुरा पढौ

आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइदैं

काठमाडौं, २ असार । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच भएको छलफलपछि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो । निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ । चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट डिपो अपरेशनको कार्य शुरु भएको छ… पुरा पढौ