स्वास्थ्य

स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने

गण्डकी, १४ वैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठक अवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पिसिआर परीक्षण गर्ने भन्दै भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ । बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा… पुरा पढौ

सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न निर्देशन

काठमाडौ, १४ वैशाख . स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ… पुरा पढौ

भारतको दिल्लीमा १८ बर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

नयाँ दिल्ली, १४ बैशाख । भारतको दिल्ली प्रदेशमा १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिए । अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उनले बताए । “दिल्ली सरकारले १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ,” उनले भने। उनले अहिले भएको खोप… पुरा पढौ

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १३ वैशाख  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न… पुरा पढौ

‘तपाईंको मास्क खोइ ?’

चितवन, १३ वैशाख । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत… पुरा पढौ

पद्म नर्सिङ होमको साधारण सभा सम्पन्न

पोखरा, ११ बैशाख । पद्म नर्सिङ होम प्रा लि को साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाको २२औं, २३औं, २४औं र २५औं साधारण सभा सिटी स्क्वायरको सभा हलमा सम्पन्न भएको हो । सभामा पद्म नर्सिङ होमका कार्यवाहक अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. यज्ञमान शाक्यले कम्पनीको आ.व. २०७३ -७४ देखि २०७६-७७ सम्मको वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो प्रतिवेदन सर्वसम्मतले परित भएको थियो । सभाले आ.व. २०७७-७८ को लागि कम्पनीको लेखापरीक्षकमा एल.भट्टराई एण्ड एशोसियट्सका लिला भट्टराईलाई नियुक्त गरेको… पुरा पढौ

कोरोना सङ्क्रमितले अस्पतालका शैया भरिए, सचेत बन्न आग्रह

काठमाडौं, ११ वैशाख । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका शैया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शैया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९ सय सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा २ हजार ५ सय ५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका शैया भरिदै गएको छ ।… पुरा पढौ

पूर्वराजा अस्पताल भर्ना

काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । छोरी प्रेरणा शाहसहित उनीहरू आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरू भर्ना भएका हुन । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन प्रमुख बाँस्तोलाले उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । पुरा पढौ

सामुदायिक वनले १४०० भवनलाई क्वारेन्टिनका लागि दिने

काठमाडौं, ११ वैशाख । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीब विपन्न, दैनिक ज्यालादारी गरेर… पुरा पढौ

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता

झापा, ११ वैशाख । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए । “कोभिड–१९ को पहिलो लहर सकिएर दोस्रो सुरु भयो, जोखिम उत्तिकै… पुरा पढौ