मोरङ, ६ कात्तिक । लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा आयोजित ‘लाञ्छनारहित सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण’ कार्यक्रममा उनीहरुले महिलाको आफ्नो शरीरमा पहिलो हक हुनाले सुरक्षित गर्भपतन मानवअधिकारको हक पनि रहेको बताएका हुन् । सामाजिक लाञ्छनाका कारण महिलाको आत्महत्यामा वृद्धि हुने, उनीहरुमा आत्मविश्वाको कमी हुने, सामाजिक बहिष्कार हुने, वैवाहिक सम्बन्ध टुट्ने, तथा असुरक्षित गर्भपतन हुँदा मातृमृत्युदर बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न सञ्चारकर्मीहरुले…
पुरा पढौ