स्वास्थ्य

२४ घण्टामा १२० कोरोना सङ्क्रमित

काठमाडौ, १२ चैत । पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो । मन्त्रालयका अनुसार काठमाडौमा कूल ४१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै सङ्क्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा पाँच, मोरङ र रुपन्देहीमा चार, चार जना संङ्क्रमित भएका छन् । सल्यान र डोटीमा तीन÷तीन जना, तनहुँ, पाल्पामा दुई, दुई जना, खोटाङ,… पुरा पढौ

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

महेन्द्रनगर, १२ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई… पुरा पढौ

अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, १२ चैत । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । “पालिकाभित्रका करिब दुई हजारभन्दा बढी बराम समुदायको स्वास्थ्य बीमा गरिएको छ”, उनले भने, “अतिसीमान्तकृतभित्र पनि आयस्रोत नै नभएका घरपरिवारको पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिएको हो ।” बिरामी भइहाले उपचार गर्न सक्ने अवस्थामा नै नरहेका परिवारको स्वास्थ्योपचारमा पहुँच पु¥याउने उद्देश्यले… पुरा पढौ

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

लहान, १२ चैत । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी… पुरा पढौ

आँधीखोला चिलाउनेबासमा संचालनमा आयाे नागरिक आरोग्य सेवा केन्द्र

स्याङ्जा, ११ चैत । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले उद्घाटन गरेसँगै गाउँपालिकामा आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो। चिलाउनेबास स्वास्थ्य कार्यालयको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ। आयुर्वेदिक औषधि, योग, ध्यान लगायत क्रियाकलापप्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर चिलाउनेबासमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकमा धेरै उत्सुकता बढाएको छ, अहिले पनि कोरोना संक्रमित अधिकांश नागरिकले… पुरा पढौ

होली घरमै मनाउन प्रशासनको आग्रह, मास्क नलगाउनेलाई कार्वाही

काठमाडौं, ११ चैत । कोभिड–१९ को बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानीपूर्वक मनाउन काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने चेतावनी समेत दिएका छन् । चैत १५ र १६ गते परेको होली पर्व घरमै मनाउन समेत आग्रह गरिएको छ । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै… पुरा पढौ

प्रभु बन्यो आहा- राराको अफिसियल इन्स्योरेन्स

पोखरा, ११ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी र सहारा क्लवबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै आहा ! राराको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स रहेको हो । क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, निवर्तमान अध्यक्ष विरभद्र आचार्य र प्रभु इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख रविन्द्र श्रेष्ठबिच सम्झौता पत्र एक आपसमा आदान प्रदान भएको क्लवले जनाएको छ । प्रभु इन्स्योरेन्सले… पुरा पढौ

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

काठमाडौं, ११ चैत । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गर्दै प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो । सिंहदरबारमा आज बसेको समितिको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीलाई अध्ययन प्रतिवेदन हस्तान्तरण… पुरा पढौ

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

वीरगञ्ज, ११ चैत । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ… पुरा पढौ

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौं, १० चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा… पुरा पढौ