जेनेभा,स्विजरल्याण्ड, २२ मङ्सिर । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, “हालैको हिंसामा केही दिनमै उत्तरपश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।” यसैबीच, हजारौं बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स…
पुरा पढौ