किएभ, युक्रेन, १६ मङ्सिर । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार किएभ आइपुगेका छन्। “हामी युक्रेनको साथमा छौं भन्ने स्पष्ट सन्देश दिन आएका हौं र हामीले आफ्नो पूर्ण समर्थन जारी राख्नेछाै,” कोस्टाले पत्रकारसँगको कुराकानीमा भने। युरोपेली सङ्घको नयाँ नेतृत्व टोलीले युक्रेनका लागि खतरनाक क्षणमा किएभलाई समर्थन गर्न दृढ रहेको देखाउन चाहेको छ। जनवरीमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी समर्थनको भविष्यलाई…
पुरा पढौ