अन्तर्राष्ट्रिय 🗺

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

जेनेभा, २२ असोज । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ । डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताउनुभयो । उहाँका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ । डब्लुएमओका… पुरा पढौ

मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

तेहरान, २२ असोज । मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको विमान तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको देखाइएको छ । यो उडान यात्रु लिएर नजफदेखि तेहरान पुगेको र पुनः… पुरा पढौ

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम, २१ असोज । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम एक जना, केही विजेताको समूह वा कुनै संस्थालाई प्रदान गरिनेछ । गत वर्ष… पुरा पढौ

दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो

सियोल, २१ असोज । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्‍याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको थियो। रकेटलाई राजधानी सियोलबाट करिब ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोहुङ क्षेत्रस्थित नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण… पुरा पढौ

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

ब्युनस आयर्स, २१ असोज । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उहाँले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गर्नुभएको हो । ३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाउनुभयो । उहाँले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गर्नुभयो भने निको पाजले अर्को गोल गर्नुभयो । मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो… पुरा पढौ

अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु

लस एन्जलस, २१ असोज । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका पुष्टि भएका संक्रमितको संख्या एक हजार नाघेको छ । राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन् । यो पछिल्लो तीन दशकभन्दा बढी समययताकै राज्यमा देखिएको सबैभन्दा ठूलो दादुरा प्रकोप हो । पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार सोमबारसम्म राज्यका ३९ काउन्टीमा एक हजार ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । अक्टोबर २ पछि मात्रै थप २७ नयाँ संक्रमित… पुरा पढौ

आरबीआईद्वारा रेपो दर वृद्धि

मुम्बई, २१ असोज । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्‍याएको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको बताउनुभयो । यसअघि अगस्टमा समितिले रेपो दर ५.२५ प्रतिशतमा यथावत् राख्दै तटस्थ नीतिगत दृष्टिकोण अपनाएको थियो । रेपो दर वृद्धिपछि स्थायी निक्षेप सुविधा दर… पुरा पढौ

डिजेलमा कर छुट दिन ट्रम्पको आदेश

वासिङ्टन, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक सडकमा कर छुट प्राप्त रातो रङको डिजेल प्रयोग गर्न दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । कृषि मेसिनरी र अन्य अफ–रोड उपकरणमा प्रयोग हुने यस्तो डिजेललाई सडकमा चल्ने सवारीसाधनमा प्रयोग गर्न दिने निर्णय बढ्दो इन्धन मूल्य घटाउने उद्देश्यले गरिएको हो । मध्यावधि निर्वाचनअघि इन्धनको मूल्यवृद्धिले रिपब्लिकन पार्टीमाथि दबाब बढिरहेका बेला ट्रम्पले यस्तो निर्णय गर्नुभएको हो । नेब्रास्कामा आयोजित र्‍यालीमा उहाँले अफ–रोड प्रयोगको सीमालाई हटाउँदै जोसुकैले जुनसुकै प्रयोजनका लागि करमुक्त रातो डिजेल… पुरा पढौ

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

सोल, २० असोज । दक्षिण कोरियामा विद्युतीय सवारीसाधन (ईभी) तथा जर्मनीमा निर्मित लक्जरी कारप्रतिको बलियो मागका कारण आयातित यात्रुवाहक कारको बिक्री गत महिना बढेको छ । उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा आयातित कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको हो । कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एसोसिएसनका अनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा ३४ हजार ९०४ वटा नयाँ आयातित यात्रुवाहक कार दर्ता भएका छन् । गत वर्षको सेप्टेम्बरमा दर्ता भएको संख्याको तुलनामा यसपटक बिक्रीमा उल्लेख्य वृद्धि देखिएको हो… पुरा पढौ

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा,२० असोज । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो। राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताउनुभएको छ। उहाँले दुर्घटनामा… पुरा पढौ