अन्तर्राष्ट्रिय 🗺

ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

किएभ, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् । युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो । जापोरिजियामा आवासीय भवनहरूमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार बताउनुभयो । रुसले… पुरा पढौ

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

जेनेभा, २४ असोज । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको कथित दुराचारविरुद्धका विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । “हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक थुनाका रिपोर्टहरूप्रति चिन्तित छौँ,” कार्यालयले एक वक्तव्यमा भनेको छ । “पक्राउ गरिएका निर्दोषसबै व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ । भारतीय लोकसभामा विपक्षी… पुरा पढौ

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको छ । उहाँले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गर्नुभएको छ । ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो… पुरा पढौ

मध्यपूर्व युद्ध अन्त्यमा सघाउने पुटिनको प्रस्ताव

अस्गाबात (तुर्कमेनिस्तान), २३ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले शुक्रबार क्षेत्रीय शिखर सम्मेलनअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको हो । पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण सुरु गरेयता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको बताउनुभयो । उहाँले रुस–इरान सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । तर, इरानले रुसलाई ड्रोन तथा क्षेप्यास्त्र उपलब्ध गराएको र रुसले अमेरिकी लक्ष्यमा आक्रमण गर्न इरानलाई सूचना… पुरा पढौ

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

सियोल, २३ असोज । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ । राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिनुभएको थियो । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ । रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो । उनीहरूले… पुरा पढौ

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

वासिङ्टन, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ । बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै “यो समयको कुरा हो” भन्नुभयो । आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उहाँको दाबी थियो । “मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म… पुरा पढौ

खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै

बार्सिलोना, २२ असोज । खाद्य उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र नयाँ प्रकारका खाद्य सामग्रीको प्रयोग बढ्दै गएको छ । यिनै प्रविधि र नयाँ उपायबारे जानकारी दिन स्पेनको बार्सिलोनामा खाद्य उद्योगसम्बन्धी ठूलो प्रदर्शनी आयोजना भइरहेको छ । अक्टोबर ६ देखि ८ सम्म आयोजना भइरहेको अलिमेन्टेरिया फुडटेक नामक प्रदर्शनीमा २२ देश तथा क्षेत्रका ३३० भन्दा बढी कम्पनी सहभागी छन् । सहभागी कम्पनीहरूले खाद्य तथा पेय पदार्थ उत्पादन, प्रशोधन र सुरक्षित राख्न प्रयोग हुने नयाँ उपकरण तथा प्रविधि प्रस्तुत गरिरहेका छन्… पुरा पढौ

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

जेनेभा, २२ असोज । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ । डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताउनुभयो । उहाँका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ । डब्लुएमओका… पुरा पढौ

मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

तेहरान, २२ असोज । मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको विमान तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको देखाइएको छ । यो उडान यात्रु लिएर नजफदेखि तेहरान पुगेको र पुनः… पुरा पढौ

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम, २१ असोज । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम एक जना, केही विजेताको समूह वा कुनै संस्थालाई प्रदान गरिनेछ । गत वर्ष… पुरा पढौ