अन्तर्राष्ट्रिय 🗺

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी ‘बी–१ विमान’ हटाइए

वासिङ्टन,१९ असोज । अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ। हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो। अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ। बेलायती हवाई अड्डामाथि सम्भावित आक्रमणको योजना बनाएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी पक्षले सुरक्षा व्यवस्था पुनः मूल्याङ्कन गरेको हो। अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित… पुरा पढौ

हुथीविरुद्ध निर्णायक सैन्य अभियान सञ्चालन गर्ने यमन सरकारको घोषणा

यमन,१९ असोज । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेको छ। हुथी विद्रोहीहरूले दक्षिणपश्चिमी यमनको महत्वपूर्ण सहर ताइजको बाहिरी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो। राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशद अल–अलिमीले साउदी अरबबाट सम्बोधन गर्दै हुथीहरूको नियन्त्रणमा रहेका बाँकी भूभाग फिर्ता लिन सैन्य अभियान सञ्चालन गरिने जानकारी दिनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदायसँग यमन सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ। गत महिना हुथी विद्रोहीहरूले पछिल्ला केही वर्षयताकै… पुरा पढौ

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी

वासिङ्टन, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनुभएको छ । उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ । ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन् । अमेरिकाले विदेशबाट आयात हुने गाडीमा २५ प्रतिशत शुल्क लगाएपछि केही कम्पनीले… पुरा पढौ

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण

प्योङयाङ, १८ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ । दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी… पुरा पढौ

अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित

ओहायो, १८ असोज । अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४हजार कामदारले रोजगारी गुमाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ। दक्षिणपश्चिमी ओहायोस्थित पूर्व नाभिस्टार ट्रक कारखानामा बुधबार कर्मचारी कटौती गरिएको हो। यसबाट डेटन क्षेत्रको रोजगारीमा उल्लेखनीय असर परेको बताइएको छ। रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन्। उहाँका दुई छोरी छन् भने अर्को बच्चा जनवरीमा जन्मिने तयारीमा छ। बोसले परिवारको दैनिक खर्च… पुरा पढौ

फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

तेल अभिभ, १७ असोज । इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगाइएको थियो । समाचारअनुसार ओमानमा उडानमा रोक लगाइएपछि उहाँलाई संयुक्त अरब इमिरेट्समा रहेको फ्लाईदुबईले रोजगारी दिएको थियो । उहाँलाई नियुक्त गर्ने क्रममा गरिएको सुरक्षा जाँच कति विस्तृत थियो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन । विमानमा १८२ जना यात्रु रहेका थिए। घटनापछि मध्यपूर्वको हवाई… पुरा पढौ

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

इस्लामाबाद, १७ असोज । पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६.१ प्रतिशतले बढेको हो । अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो… पुरा पढौ

दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भन्नुभयो । विमानमा सह–पाइलटले कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि सङ्घर्ष भएको थियो । साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको विमानका यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो ।… पुरा पढौ

इजिप्टमा छ पत्रकार पक्राउ

न्युयोर्क, १६ असोज । इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूको रिहाइको माग गरेका छन् । अधिकारीहरूले विदेशी कोषको बदलामा अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप लगाएका छन् । तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्वीकार गर्दै पक्राउ परेका पत्रकारहरू कहाँ छन् भन्नेबारे उनीहरूका परिवारलाई समेत जानकारी नभएको बताउनुभएको छ । उहाँले उनीहरूलाई सकुशल रिहा गर्न माग गर्नुभयो । मात्सादासले… पुरा पढौ

मोदीद्वारा भारतीय पाइलटको प्रशंसा

मुम्बई, १५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि सङ्घर्ष गर्दा घाइते हुनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गर्नुभएको छ । उहाँले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि अरूको ज्यान जोगाउन उहाँले देखाउनुभएको साहस र दृढताको प्रशंसा गर्नुभएको हो । फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ । सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए । विमानमा सह–पाइलटसँगको सङ्घर्षका क्रममा क्याप्टेन मच्छर घाइते हुनुभएको थियो ।… पुरा पढौ