अन्तर्राष्ट्रिय 🗺

आइएमएफद्वारा विश्व आर्थिक वृद्धिको अनुमानमा सुधार

बैङ्कक, २७ असोज । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धिको अनुमान बढाएर ३.१ प्रतिशत पुर्‍याए पनि युद्धका कारण बढेको ऊर्जा मूल्य र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा लगानीले विश्व अर्थतन्त्रमा विभाजन बढाउने चेतावनी दिएको छ । सन् २०२५ मा विश्व आर्थिक वृद्धि ३.५ प्रतिशत थियो । आइएमएफले मङ्गलबार सार्वजनिक विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा विकसित अर्थतन्त्रले एआई प्रविधिमा भइरहेको लगानीबाट लाभ लिने भए पनि ऊर्जा आयातमा निर्भर न्यून आय भएका देशहरू महँगी र आपूर्ति सङ्कटबाट बढी प्रभावित हुने… पुरा पढौ

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव

क्यानबेरा, २७ असोज। अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूमा स्वतन्त्र विज्ञ खटाएर सुरक्षा अवस्था र घटनाबारे प्रतिवेदन दिने व्यवस्था गर्न सिफारिस गरेको हो । समितिका अनुसार गत जुनमा ओपनएआईको एआई एजेन्टले स्वास्थ्य सेवा प्रणालीसँग सम्बन्धित वेब पोर्टलमा सुरक्षा उल्लङ्घन गरेको… पुरा पढौ

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

नयाँदिल्ली, २७ असोज। भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् । जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको… पुरा पढौ

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

पेरिस, २६ असोज । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा… पुरा पढौ

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट

रियाद, साउदी अरब, २६ असोज । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी विद्रोहीले देशको दक्षिणपश्चिमी क्षेत्रस्थित खमिस मुशैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । साउदी अरबका दुई विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण… पुरा पढौ

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल, २६ असोज  । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी पार गरेका छन् । दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेका छन् । जापानले पनि कम्तीमा एउटा शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । दक्षिण… पुरा पढौ

ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

वासिङ्टन, २६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गर्नुभएको छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी आक्रमण जारी रहेको बताउनुभएको छ । ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविराम तत्काल लागू भएको जानकारी दिँदै दुवै पक्षलाई सहमतिको सम्मान गर्न आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो सन्देशमा युद्धविराम उल्लङ्घन नगर्न चेतावनीसमेत दिनुभएको थियो । यद्यपि, सहमतिको अवधि, कार्यान्वयन प्रक्रिया तथा निगरानी व्यवस्थाबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।… पुरा पढौ

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट

तेहरान, २५ असोज । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाले शनिबार आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उक्त जहाजले कच्चा तेल बोकेको र आफ्नो नेभिगेसन तथा जीपीएस प्रणाली बन्द गरेर यात्रा गरिरहेको जनाएको छ। समुद्री सुरुङमा ठोक्किएपछि जहाजमा ठूलो विस्फोट भएको र आगलागी भएको इरानी पक्षको भनाइ छ। इरानी नौसेनाका अनुसार, उक्त जलमार्गलाई उच्च जोखिमयुक्त… पुरा पढौ

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद,२५ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा चार जना साउदी नागरिक र… पुरा पढौ

यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

एडेन, यमन,२५ असोज । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ। सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट तथा आपूर्ति मार्गलाई लक्षित गरिएको बताउनुभएको छ। उहाँका अनुसार हुथीको नियन्त्रणमा रहेका क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य लक्ष्यमा… पुरा पढौ