अन्तर्राष्ट्रिय 🗺

ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

वासिङ्टन, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाउनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्नुभएको छ । उहाँले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै आक्रमणकारी सम्भावित आतङ्कवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गर्नुभएको छ । फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण… पुरा पढौ

खैबर पख्तुनख्वामा आपतकालबारे पाकिस्तान सरकारको छलफल

इस्लामाबाद, १५ असोज । पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको छ । डनका अनुसार सत्तारूढ गठबन्धनले खैबर पख्तुनख्वा सरकारले अक्टोबर ४ मा इस्लामाबादका लागि तय गरिएको पिटिआईको पदयात्रा रोक्न नसके प्रान्तमा राज्यपाल शासन वा आपतकाल लगाउने चेतावनी दिएको छ । पिटिआईका संस्थापक इमरान खानको रिहाइको माग गर्दै आयोजना हुन लागेको पदयात्रा सङ्घीय सरकार र विपक्षीबीचको विवादको प्रमुख विषय… पुरा पढौ

सह-पाइलटको आक्रमणपछि भारतीय पाइलट को प्रशंसा, १६६ यात्रु सुरक्षित

तेल अभिभ, १५ असोज । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गर्नुभएको छ । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबाई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको र मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रु सुरक्षित रहेको… पुरा पढौ

राष्ट्रसङ्घीय प्रमुखद्वारा आणविक निशस्त्रीकरण प्रयासको आह्वान

संयुक्त राष्ट्रसङ्घ, १४ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गर्नुभएको छ । “आणविक निशस्त्रीकरण कुनै पक्ष होइन, यो पूर्व निर्धारित सन्धिअन्तर्गत बाध्यकारी कानुनी दायित्व हो”, उहाँले आणविक हतियारको पूर्ण उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस मनाउन आयोजित उच्चस्तरीय बैठकमा भन्नुभयो । आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूले आणविक हतियारको प्रयोग रोक्न वार्तामा फर्कनुपर्ने बताउँदै उहाँले अर्को आणविक हतियारको दौड रोक्नका लागि विश्वव्यापी रुपमा दशकौँ पुरानो प्रक्रियालाई कायम राख्नु आवश्यक रहेको उल्लेख… पुरा पढौ

हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ

रोम, १४ असोज । पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले मंगलबार रोममा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले पाकिस्तानले यमनमा इरानसमर्थित समूहविरुद्ध भएको कुनै हवाई आक्रमणमा प्रत्यक्ष सहभागिता जनाएको हो वा होइन भन्ने स्पष्ट बताउनुभएन् । तर साउदी अरबको सुरक्षाका लागि आवश्यक सबै साधन उपलब्ध गराउने प्रतिबद्धता रहेको उहाँले… पुरा पढौ

जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो

टोकियो, १४ असोज । जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ। विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो। जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ। सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ। कुल जनसंख्यामध्ये करिब ५ करोड ९७ लाख ७० हजार पुरुष र ६ करोड ३२ लाख महिला छन्।… पुरा पढौ

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

क्यानबेरा, १४ असोज । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो। अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ। अर्थशास्त्रीहरूले अगस्टमा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए भने अन्तर्निहित मुद्रास्फीति दर ३.६ प्रतिशतकै आसपास रहने अपेक्षा गरेका थिए। तथ्यांक विभागका अनुसार अगस्टसम्मको एक वर्षमा… पुरा पढौ

बहुपक्षवादप्रति बढ्दो अविश्वास

न्युयोर्क, १३ असोज। संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले बहुपक्षीय सहकार्य र विश्व संस्थाप्रतिको विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याए पनि संयुक्त राष्ट्रसङ्घले विश्वका गम्भीर समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको धारणा व्यक्त गरेका छन् । सोमबार सम्पन्न महासभाको उच्चस्तरीय बैठकमा १५० भन्दा बढी राष्ट्रका नेताहरू तथा प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । एल साल्भाडोरका विदेशमन्त्री अलेक्जान्ड्रा हिल टिनोकोले संयुक्त राष्ट्रसङ्घ अझै सान्दर्भिक छ कि छैन भन्ने प्रश्न उठाउनुभएको थियो । दोस्रो विश्वयुद्धपछि त्यस्ता विनाशकारी द्वन्द्व रोक्ने उद्देश्यले स्थापना भएको संस्थाको प्रभावकारितामाथि विश्वव्यापी चुनौती… पुरा पढौ

यमनमा बढ्दो हिंसाका कारण विस्थापन तीव्र

संयुक्त राष्ट्रसङ्घ,१३ असोज । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार यमनमा बढ्दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढेको छ भने रोग फैलिने जोखिमसमेत तीव्र भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै देशभर जारी हिंसाका कारण एक लाख ४२ हजार मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले विस्थापित तथा प्रभावित समुदायलाई सहयोग गरिरहेका छन् । हालसम्म एक लाख १५ हजारभन्दा बढी मानिसलाई सहायता उपलब्ध गराइएको… पुरा पढौ

रुसी आक्रमणमा किएभको विज्ञान प्रतिष्ठानमा क्षति

कियभ, १३ असाेज । युक्रेनको राजधानी किएभमा मङ्गलबार भएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा राष्ट्रिय विज्ञान प्रतिष्ठानको भवनमा क्षति पुगेको छ । आक्रमणमा प्रतिष्ठानमा कार्यरत एक व्यक्तिको मृत्यु भएको छ भने पूर्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव भोलोदिमिर गोर्बुलिन घाइते हुनुभएको छ । गोर्बुलिनले आफू आक्रमणका बेला प्रतिष्ठानमै रहेको र सामान्य रूपमा घाइते भएको बताउनुभयो । उहाँका एक सहयोगीको भने मृत्यु भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ड्रोन प्रतिष्ठानको भवनमा ठोक्किएपछि विस्फोट भएको र भवनमा आगलागी तथा… पुरा पढौ