अन्तर्राष्ट्रिय 🗺

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिङ्गापुर, १९ भदौ । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ)का प्रमुखले बुधबार बताए । विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ । तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र… पुरा पढौ

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सीलाई रूसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, १९ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा आयोजना हुने प्रमुख उदीयमान अर्थतन्त्र (ब्रिक्स) समूहको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरेको बताएका छन्। पुटिनले युक्रेन द्वन्द्व सुरु भएदेखि नै चिनियाँ सहयोगका लागि चिनियाँ नेताहरूसँगको भेटलाई प्राथमिकतामा राख्दै आएका छन् । यी दुई देशले व्यापारलाई उच्च स्तरमा पु¥याएका छन् र रूसले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरमका क्रममा चीनका उपराष्ट्रपति हान झेङसँगको भेटमा पुटिनले भने, “पूर्व… पुरा पढौ

प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

नयाँदिल्ली, १८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हुनेछ । दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ । भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्ने स्रोतले जनाएको छ । प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ… पुरा पढौ

राष्ट्रपति पुटिनको मङ्गोलियन समकक्षीसँग भेट

उलानबाटर, १८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गरेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उनको यो पहिलो भ्रमण हो। आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए । त्यसपछि उनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गरे। सन् २०२२ मा रुसी सेनाले… पुरा पढौ

इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने हमासको चेतावनी

गाजास्ट्रिप, १८ भदौ । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी सोमबार दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएको छ । यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता… पुरा पढौ

बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन

ढाका १७ भदौ । बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ । द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् । बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताइन्। वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल… पुरा पढौ

बाइडेन र ह्यारिसले गाजा बन्धक सम्झौतामा अमेरिकी वार्ता दललाई भेट्ने

वासिङ्टन, १७ भदौ । गाजामा एक अमेरिकी नागरिकसहित छ बन्धकको मृत्यु भएपछि राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी वार्ताकारहरूसँग इजरायल–हमास युद्धमा बन्धकहरूको रिहाइको सम्झौताका लागि जोड दिनुहुने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसको बैठकका लागि समय निकाल्न बाइडेनको आधिकारिक कार्यक्रमलाई संशोधन गरिएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनेछन् । उपराष्ट्रपति ह्यारिसले नोभेम्बरको राष्ट्रपति निर्वाचनमा बाइडेनको उत्तराधिकारी हुन उम्मेदवारी दिएकी छन् । बाइडेन र ह्यारिसले सोमबार अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन र अन्य पाँच बन्धकको शनिबार हमासले हत्या गरेपछि… पुरा पढौ

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ, १७ भदौ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए। उनका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । “हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरे। वायुसेनाका… पुरा पढौ

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

नयाँदिल्ली, १७ भदौ । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा… पुरा पढौ

गाजा युद्ध अन्त्य गर्ने समय आएको अमेरिकी राष्ट्रपति वाइडेनको भनाइ

संयुक्त राज्य अमेरिका, १६ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताएका छन् । गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको बताए । उनले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि बताए । राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको बताए। “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,”उनले भने। उनले अगाडि भने, “अब युद्ध अन्त्य गर्ने वेला भएको… पुरा पढौ