अन्तर्राष्ट्रिय 🗺

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

मस्को,१० असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताउनुभएको छ। शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूले चाहेको परिणाम प्राप्त गर्न नसक्ने बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले युक्रेनकै अवस्था थप कठिन बनाउनेछ। रुसले गरेको सैन्य जवाफी कारबाहीपछि युक्रेनले ऊर्जा संरचनामाथिका आक्रमण तथा हवाई हमलासहित विभिन्न क्षेत्रमा युद्धविरामसम्बन्धी व्यवस्था गर्न खोजेको पुटिनले दाबी गर्नुभयो। युक्रेनले कथित रूपमा समुद्री नाकाबन्दी लागू गर्ने… पुरा पढौ

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

सिङ्गापुर, ९ असोज । सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले बिहीबार उक्त जानकारी दिनुभएको हो । ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उहाँले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताउनुभयो । ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् । व्यापार तथा उद्योगमन्त्रीका साथै सिङ्गापुरको केन्द्रीय… पुरा पढौ

न्युयोर्कमा नेतान्याहु–विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ

न्युयोर्क, ९ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् । एएफपीको फुटेजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ । ‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ ले जनाएको छ । पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन । नेतान्याहुले संयुक्त… पुरा पढौ

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

वासिङ्टन, ९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गर्नुभएको छ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने… पुरा पढौ

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क, ९ असोज । इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको बताउनुभएको हो । अराघचीका अनुसार केही सर्त पूरा भए सातौँ दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खुला गरिने र त्यसपछि आणविक कार्यक्रमबारे विस्तृत वार्ता पुनः सुरु हुनेछ । उहाँले प्रस्ताव यसै वर्षको जुनमा अमेरिका र इरानबीच भएको समझदारीको… पुरा पढौ

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

वासिङ्टन, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन् । दुवै पक्षले अमेरिका–चीन सम्बन्धमा प्रतिस्पर्धा कायम रहे पनि संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । वार्ताअघि अमेरिका र चीन व्यापार युद्धविरामलाई दुई महिना थप गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो । दुवै देशबीच… पुरा पढौ

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

संयुक्त राष्ट्रसङ्घ, ८ असोज। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ । उहाँले अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै मिलेईले विवाद समाधान नभएसम्म एकपक्षीय परिवर्तन नगर्न आह्वान गर्ने अन्तर्राष्ट्रिय प्रस्ताव कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घ असफल भएको आरोप लगाउनुभयो । उहाँले बेलायतलाई सार्वभौमिकता विवाद समाधानका लागि वार्तामा फर्कन आग्रह गर्नुभयो… पुरा पढौ

युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

संयुक्त राष्ट्रसङ्घ/सोल, ८ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिनुभयो । जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गर्नुभयो । उहाँका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

संयुक्त राष्ट्रसङ्घ, ८ असोज । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ । करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गर्नुभएका पेजेस्कियानले दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गर्नुभएको थियो । उहाँले इरानले आफ्नो रक्षा… पुरा पढौ

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

संयुक्त राष्ट्रसङ्घ, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढंगले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उहाँले यसका लागि सदस्य राष्ट्रहरूबीच सहमतिमा आधारित बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपमा पनि परिवर्तन भइरहेको उल्लेख गर्नुभयो ।… पुरा पढौ