अन्तर्राष्ट्रिय 🗺

ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध

ब्रसेल्स, २९ मङ्सिर । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोकेका छन् । यद्यपि नेताहरू उनको विरोधलाई किनारा लगाउँदै किएभलाई इयु गठबन्धनमा समावेश गर्ने सम्बन्धमा छलफल सुरु गर्न सहमत भएका छन् । हङ्गेरीका अधिनायकवादी नेता ओर्बानले आगामी चार वर्षमा युक्रेन सरकारलाई वित्तीय सहयोग गर्न अस्वीकार गरेपछि ब्रसेल्समा सङ्कटपूर्ण शिखर सम्मेलन एक दिनको झगडापछि भङ्ग भयो । ओर्बानले सामाजिक सञ्जालमा लेखे कि, “नाइटसिफ्टको सारांश : युक्रेनलाई अतिरिक्त पैसाका लागि भिटो ।” इयुका… पुरा पढौ

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने बर्ष : आईईए

पेरिस, २९ मङ्सिर । सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको बर्ष हुने र अर्को बर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म ईन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसङ्घको जलवायुपरिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन, कोप २८ मा करिब २०० देशले सम्झौता गरेपछि आईईएको पछिल्लो पूर्वानुमान आएको हो । कोइला कार्बन डाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो ऊर्जा–सम्बन्धित स्रोत हो जुन विश्वव्यापी तापमान… पुरा पढौ

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला

मनिला, २८ मङ्सिर । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको… पुरा पढौ

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो– आरएसएफ

पेरिस, २८ मङ्सिर । पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीबार बताएको छ । आरएसएफको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ को पहिलो ११ महिनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठूलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् । अक्टोबर ७ मा इजराइल… पुरा पढौ

भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु

काराकस, २८ मङ्सिर । भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् । काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जना मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिए। अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो । जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा… पुरा पढौ

इरानले धर्मगुरू अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिएको छ : न्यायपालिका

तेहरान, २७ मङ्सिर । इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो । नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ देखिन्छ । धार्मिक शहीद अयातुल्लाह अब्बास अली सुलेमानीको हत्यारालाई… पुरा पढौ

मानव अधिकार संरक्षणका लागि शान्ति र सुरक्षामा जोड

जेनेभा, २७ मङसिर । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति र सुरक्षाको महत्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पु¥याउनुपर्ने बताएका छन्। टर्कले मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवको स्मरणमा आयोजित कार्यक्रममा मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति र सुरक्षा पहिलेभन्दा बढी आवश्यक भएको बताए । मानवअधिकारलाई विश्वव्यापी सार्वजनिक हितको संज्ञा दिँदै टर्कले प्रत्येक व्यक्तिलाई शान्तिपुर्णरूपले बाँच्न पाउने अधिकार भएको र यसका लागि विश्वका नेताहरू एक हुनुपर्ने बताए। विश्वका नेताहरूलाई… पुरा पढौ

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

मनिला, २७ मङ्सिर  । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको… पुरा पढौ

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

मनिला , २६ मङ्सिर । एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ । देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ । एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ । एडिबीका अनसुार परियोजनाले उच्च मूल्यका तथा बजारमुखी बालीहरू विस्तार गरेर आर्थिक… पुरा पढौ

जिम्बाब्वेमा खडेरीको कारण सय हात्ती मरे

हरारे, २६ मङसिर । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ । पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय… पुरा पढौ