अन्तर्राष्ट्रिय 🗺

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

बगदाद, २३ मङ्सिर । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ।” प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो… पुरा पढौ

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

बेइजिङ, २२ मङ्सिर । अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरे। सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको हालै सार्वजनिक टिप्पणी बारे सोधिएको पत्रकारहरूको प्रश्नको जवाफमा उनले सो टिप्पणी गरे। चीन-अमेरिका सम्बन्धका प्रतिस्पर्धात्मक पक्षहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न दुवै राष्ट्र प्रमुखहरू सहमत भएको सन्दर्भ… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच वार्ता

वाशिङ्गटन डिसी, २२ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ । दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गर्नु भएको बताइएको छ । राष्ट्रपति बाइडेनले "गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाह" को महत्त्वमा विशेष जोड दिएका छन् । उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरे। ह्वाइट हाउसले जारी… पुरा पढौ

चीनसँगको मतभेद सम्बोधन गर्नुपर्छ : युरोपेली युनियन

बेइजिङ, २१ मङ्सिर । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युरोपेली युनियन (इयु) र चीनबीचको ‘असन्तुलन र मतभेदहरू’ लाई सम्बोधन गर्नुपर्ने बताएका छन् । बेइजिङमा उच्चस्तरीय शिखर सम्मेलनमा उनले भने, “चीन इयुको सबैभन्दा महत्त्वपूर्ण साझेदार हो तर दुवै पक्षबीचको स्पष्ट असन्तुलन र मतभेदलाई हामीले सम्बोधन गर्नुपर्छ ।” चार वर्षभन्दा लामो समयमा इयुका नेता र बेइजिङका शीर्ष नेताहरूबीच भएको पहिलो व्यक्तिगत शिखर सम्मेलनले जलवायु परिवर्तन र स्वास्थ्य जस्ता साझा चासोका क्षेत्रमा छलफल गर्ने अवसर प्रदान… पुरा पढौ

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

ढाका, २१ मङ्सिर । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ । अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

टोकियो, २१ मङ्सिर । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन्। राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् । यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट राजीनामा दिने अभ्यास रहे तापनि किशिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय छन्। पुरा पढौ

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

लिमा, २१ मङ्सिर । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मङ्गलबार "तत्काल रिहा" आदेश जारी गरेपछि उनी जेलमुक्त भएका थिए । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन्। रिहाइपछि उनलाइ परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो । पुरा पढौ

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल-हमास युद्धबारे छलफल

बेइजिङ, २० मङ्सिर । चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्याए। मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाए । विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा हो भने। उक्त कानूनको पालना सबै मुलुकले… पुरा पढौ

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मनिला, २० मङ्सिर । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए । उहाँले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिए । मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको… पुरा पढौ

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्युः ३५ जना घाइते

बैंकक, १९ मङ्सिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। पुरा पढौ