जेनेभा, २४ मङ्सिर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ । छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरूसँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिए। “स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ”, जेनेभामा भएको बैठकको प्रारम्भमा उनले भने, “धेरैभन्दा धेरै मानिस साना साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन,…
पुरा पढौ