अन्तर्राष्ट्रिय 🗺

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै

काबुल, १८ मङ्सिर । अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै छ । टोलो न्युजले उल्लेख गरे अनुसार यही डिसेम्बरमा अफगानिस्तानका विषयमा परिषद्ले त्रैमासिक खुला बैठक बोलाएको छ । संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा जनाइए अनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोग नियोग (युनामा) की प्रमुख रोजा ओतुनबायेभा, राजदूत जोसे डे ला गास्का (इक्वेडर) लगायतले सो विषयमा ब्रिफिङ गर्नु हुने बताइएको छ । त्यसैगरी समितिका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिले पनि संक्षिप्त जानकारी गराउँने अपेक्षा गरिएको छ।… पुरा पढौ

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु

मेडक, १८ मङ्सिर । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् । एसपी रोहिणीले दिएको जानकारी अनुसार "यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा… पुरा पढौ

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

जाकर्ता, १८ मङ्सि । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए । पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।” आइतबार भएको विस्फोटको भिडियो फुटेजमा… पुरा पढौ

असफल विद्रोहपछि सिएरा लियोनका नेताद्वारा कानूनको सम्मान गर्न आह्वान

फ्रिटाउन, १७ मङ्सिर । सिएरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले शनिबार गत साता सत्ता हत्याउने प्रयासमा आफ्नो सरकारको प्रतिक्रिया ‘कानूनको सम्मान’ द्वारा निर्देशित हुने बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “सत्ता हत्याउने प्रयासलाई मेरो सरकारले राजनीतिक, आदिवासी वा धार्मिक मुद्दाका रूपमा नभई सार्वजनिक व्यवस्थाको एउटा सामान्य मामिलाका रूपमा मान्नेछ”, उनले भने, “नोभेम्बर २६ को घटनामा हाम्रो प्रतिक्रिया एउटै प्यारामिटरले मापन र निर्धारण हुनेछ र त्यो हो कानूनको सम्मान, न धेरै न कम ।” नोभेम्बर २६ को बिहानै… पुरा पढौ

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्द, बस-रेल सेवा स्थगित

म्युनिख, १७ मङ्सिर । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म "गम्भीर रूपमा प्रभावित" हुने पनि कम्पनीले जनाएको छ ।… पुरा पढौ

उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा, १७ मङ्सिर । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् । सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय समय अनुसार बिहान १:०० बजे सो आक्रमण भएको हो। घटनाको अनुसन्धान जारी छ । पुरा पढौ

सोमालियामा बाढीबाट १०० को मृत्यु: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, १६ मङ्सिर । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ । "देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ," एजेन्सीले उल्लेख गरेको छ । मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले… पुरा पढौ

सोमालियामा बाढीबाट १०० को मृत्यु: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, १६ मङ्सिर । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ । "देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ," एजेन्सीले उल्लेख गरेको छ । मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले… पुरा पढौ

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु

इस्लामावाद, १६ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ । प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पोलियो टोली सुरक्षित… पुरा पढौ

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

किएभ, १५ मङ्सिर । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ । दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६/१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।” अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा… पुरा पढौ