अन्तर्राष्ट्रिय 🗺

गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश

जेरुसेलम, २६ असोज । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी (साँघुरो तटीय क्षेत्र) तर्फ भाग्न चेतावनी… पुरा पढौ

हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन

अम्मान, २६ असोज । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन् । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन। उहाँले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नेछन् । गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी… पुरा पढौ

रुसी ओलम्पिक समिति निलम्बन

मुम्बई, भारत, २६ असोज । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो । यद्यपि पेरिस–२०२४ मा रुसी खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिने वा नदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । “युक्रेनको राष्ट्रिय ओलम्पिक सङ्गठन (एनओसी) को अधिकारमा रहेका क्षेत्रीय खेल सङ्गठनहरू (डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिज्जिया) लाई सदस्यका रूपमा सन् २०२३ अक्टोबर ५ मा रुसी ओलम्पिक समिति (आरओसी) ले… पुरा पढौ

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने

मस्को, २५ असोज । भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् । “यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्”, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ । यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगरे पनि आरआइए नोभोस्तले बताएको छ । गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताए… पुरा पढौ

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान गएका छन्। गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन । रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान गइपुग्नुभएको बताएका छन् । स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको… पुरा पढौ

भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

नयाँदिल्ली, २५ असोज । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो । स्थानीय सञ्चार माध्यामहरूले अधिकारीहरुलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् । रेल दुर्घटनाले… पुरा पढौ

चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि

बेइजिङ, २४ असोज । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ । गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ । एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ । यो यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव आठ प्रतिशत बढी हो । कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र आठ लाख… पुरा पढौ

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

काबुल, २४ असोज । अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ । भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ । तानिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ । शनिबार… पुरा पढौ

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो–सेना

जेरुसेलम, २४ असोज । इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । “मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए। यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले… पुरा पढौ

चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै

बेइजिङ, २४ असोज । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । “चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नेछन् र फोरममा भाग लिन आएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुहरूका लागि स्वागत भोजको आयोजना गर्नेछन्”, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताएका छन्… पुरा पढौ