अन्तर्राष्ट्रिय 🗺

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

जयपुर (राजस्थान), २८ साउन भारत । राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए । सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे । सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा… पुरा पढौ

तेत्तीस जना सिरियाली सैनिक मारिए

बेरुत, २७ साउन । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन् । आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्युतीय धराप थाप्ने तथा प्रहार गर र भाग (हिट एन्ड रन) आक्रमण गर्दै आएको छ । यो हमला यो… पुरा पढौ

हवाई टापुको जङ्गलमा डढेलो, सतसट्ठी जनाको मृत्यु

लहाइना, २७ साउन । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारणले गुनासो गरेका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । खरानीमा परिणत भएको आफ्नो घरको परिसरमा भेटिएकी एन्थोनी ग्रेसिया आगोले बाँकी राखेको स्थानमा ठूलो लामो औजारको सहायताले सरसफाइ गरिरहेकी छन् । एक्ली उनले… पुरा पढौ

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

न्युयोर्क, २७ साउन । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ । विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या… पुरा पढौ

रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा

भ्लाडिभोस्टक, २६ साउन । रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज–२.१बी रकेटले प्रक्षेपण गरेको थियो । लिफ्ट अफ भएको नौ मिनेट पछि, लुना–२५ स्टेशनको साथ फ्रिगेट माथिल्लो चरण रकेटको तेस्रो चरणबाट अलग भएको बताइएको छ । त्यसको लगभग एक घण्टापछि लुना–२५ फ्रिगेट माथिल्लो चरणबाट अलग भयो र सफलतापूर्वक चन्द्रमाको उडान मार्गमा… पुरा पढौ

नदीहरूमा जल सतह बढेपछि म्यान्मामा १८ हजारभन्दा बढी विस्थापित

याङ्गुन, २६ साउन । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केइन राज्यका छवटा टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ," केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन्। थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन्… पुरा पढौ

वर्षाका कारण आएको विपत्तिमा चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता

सिजियाजुआङ, २६ साउन । उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ । शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । यो सँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी… पुरा पढौ

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, निर्बाचनका लागि भगवानको आशीर्वाद : मोदी

नयाँदिल्ली, २५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरे। लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।” प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि… पुरा पढौ

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

क्विटो, २५ साउन । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् । “राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भने। दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी ¥यालीमा गोली हानी हत्या गरिएको हो । उनको… पुरा पढौ

डुङ्गा दुर्घटनामा एकचालिस जनाको मृत्यु भएको आशङ्का

रोम, २५ साउन । भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुङ्गा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै बताएअनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार धातुको डुङ्गा डुबेको शरणार्थी, बालबालिका र आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानीजहाजमार्फत उद्धार गरेर… पुरा पढौ