अन्तर्राष्ट्रिय 🗺

कुन्मिङ व्यापार मेलामा छपन्न अर्ब अमेरिकी डलरको लगानी सम्झौता

कुन्मिङ, ३ भदौ । सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका तीस हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुनासहभागी भएका थिए । सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विश्व विकासको विशाल परियोजना… पुरा पढौ

यात्रुवाहक बसमा आगो लाग्दा बीस जनाको मृत्यु, पन्ध्र घाइते

इस्लामावाद, ३ भदौ । पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पु¥याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार… पुरा पढौ

आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद

करिमगञ्ज (आसाम), २ भदौ । आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ । आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भईरहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । “लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई… पुरा पढौ

‘हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस्’

वासिङ्टन डिसी, २ भदौ । अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीयमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्न सकिने बताएका छन् । केबल न्युज नेटवर्कसँगको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रुस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए । अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरूद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपतिनिर्वाचित… पुरा पढौ

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

नयाँ दिल्ली, १ भदौ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो । “गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,“ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा… पुरा पढौ

हवाई डढेलोमा १११ को मृत्यु, माउईका आपत्कालीन सेवा प्रमुखको राजीनामा

लहाइना (हवाई), १ भदौ । दक्षिणपश्चिमी अमेरिकी टापु राज्य हवाईको माउई आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिएका छन् । माउईका प्रमुख रिचार्ड बिसेनले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन् । पर्यटकीयस्थल माउई र लहाइनाका बासिन्दाले वन डढेलोको चेतावनी दिने साइरन नबजेकामा उनको व्यापक आलोलचना गर्दै आएका थिए । गत साउन २३ गतेको डढेलोले बस्तीलाई गाँज्दा एक सय ११ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यसैबीच, राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सेनाको मृत्यु

अबुजा, १ भदौ । नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ। नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो । नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो घटनाको पुष्टि गर्नु भएको हो । उहाँले… पुरा पढौ

न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

ह्युस्टन, ३२ साउन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् । यही अगस्ट ५ मा अबिगेल जो श्रीले सङ्घीय न्यायाधीश तान्या चुटकनको वासिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृहमन्त्रालय अन्तर्गतका सुरक्षा निकायले उनलाई आज पक्राउ गरेका हुन् । ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एजेन्ट’ले दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । टेक्सासको एल्विनकी ४३ वर्षीया जो… पुरा पढौ

सहायताकर्मीमाथिको हिंसा नरोकिएकाेमा राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घ, ३२ साउन । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो । यो वर्ष संसारभरि ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको जनाएको छ । राष्ट्रसङ्घ हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ । उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा… पुरा पढौ

डुङ्गा दुर्घटनामा त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का

प्रिया (केपभर्डेे), ३२ साउन । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त… पुरा पढौ