अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा

बोगोटा, ३१ साउन । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन्। सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन् । बोगोटामा मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका… पुरा पढौ

लिबियामा द्विपक्षीय झडपः सत्ताइस जनाको मृत्यु

त्रिपोली, ३१ साउन । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो । दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए… पुरा पढौ

मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

मस्को, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी किम जोङ अनलाई आज पठाएकाे बधाई सन्देशमा रुसी राष्ट्रपतिले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन एवम् सुमधुर बनाउन आग्रह गरे। क्रेमलिनले युक्रेनमा सेना तैनाथ गरेपछि र गत वर्षदेखि नै पश्चिमा मुलुकले शत्रुवत् व्यवहार गरेपछि रुस र उत्तर कोरिया एकजुट भएका छन् । यद्यपि दुवै देशमाथि पश्चिमाले कठोर प्रतिबन्ध लगाउनुका… पुरा पढौ

पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

मस्को, ३० साउन । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ । रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत… पुरा पढौ

नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने

नियामी, २८ साउन । नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन् । नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ । प्रवक्ता कर्नेल अमादोउ अब्दरमानेले आइतबार राति सरकारी टेलिभिजनमा भन्नुभयो, “सैन्य शासनले अपदस्थ राष्ट्रपति र उहाँका स्थानीय तथा विदेशी सहयोगीहरूलाई ‘उच्च राजद्रोह’ र नाइजरको आन्तरिक र बाह्य सुरक्षालाई कमजोर पारेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकारीहरूसमक्ष मुद्दा चलाउन आवश्यक सबै प्रमाणहरू जुटाएको छ ।” उक्त घोषणामा न त आरोपको… पुरा पढौ

म्यान्मारमा खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

याङ्गुन, २८ साउन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् । सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो । अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन् । नाम नबताउने शर्तमा एक उद्धारकर्मीले… पुरा पढौ

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, ८५ हजार बढी सङ्क्रमित

ढाका, २८ साउन  । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको… पुरा पढौ

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

सियोल, २९ साउन । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो । कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर… पुरा पढौ

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि‍‍…

ढाका, २८ साउन । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो । दोस्रो घटनामा, रिपोर्ट अनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला… पुरा पढौ

चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरालोतिर

बेइजिङ, २८ साउन । चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार सृजना भएको हो । विशेष गरी चीनमा लगानी गरेका धेरै अमेरिकी व्यवसायी नयाँ कानुनबाट आश्चर्यचकित भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा प्रतिजासुसी उपायहरूलाई सुदृढ तुल्याउन कार्यान्वयनमा आएको… पुरा पढौ