अन्तर्राष्ट्रिय 🗺

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक, २९ चैत । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ । सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ । सैनिक प्रवक्ता जाव मिन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण… पुरा पढौ

प्लाष्टिक लिएर सुनको सिक्का दिने वातावरण संरक्षणको अनौठो प्रयास

अनन्तनाग (काश्मिर), २९ चैत । दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् । ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल ९दुई हजार किलो० प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन् । अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का… पुरा पढौ

अमेरिकाको एक बैंकमा गोली चल्दा ५ जनाको मृत्यु

काठमाडौं, २९ चैत । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।… पुरा पढौ

कटु आलोचनाका बीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास शुरु

मनिला, २८ चैत । कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् हो । संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने उक्त अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका तथा १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र… पुरा पढौ

ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

ताइपेई, २८ चैत । ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मङ्गबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए । हिजो सोमबार तीनदिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान आफ्नो… पुरा पढौ

संविधान रक्षाको प्रस्ताव पारित

इस्लामावाद, २८ चैत । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षागर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित उक्त प्रस्ताव सोमबार पारित गरेको हो । पारित प्रस्तावअनुसार राष्ट्रियसभाले संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा पाकिस्तानका जनताको अधिकार हितको रक्षाका लागि राज्यका सबै अङ्गलाई आवश्यक कदम चाल्न आग्रह गरेको गरिएको छ । प्रधानमन्त्री शहबाज शरिफले प्रस्तुत गरेको प्रस्तावमा सङ्घीयताको सिद्धान्तलाई संविधानको एक आधारभूत सिद्धान्तका रूपमा कायम राख्नुपर्नेमा… पुरा पढौ

जलवायु परियोजनामा सामेल हुने चवालीस देशको चाहना

वासिङ्टन, २८ चैत । अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट आरएसटीका परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताएका छन् । एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त… पुरा पढौ

दक्षिण कोरियाको बेरोजगारी दर ६ प्रतिशतले वृद्धि

एजेन्सी, २८ चैत । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा ६ प्रतिशतले वृद्धि भएको छ। यहाँको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको संख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो। यद्यपि, यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतबाट भने वृद्धिदर तल झरेको हो।  यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो संख्यामा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट र कमजोर आवास बजारको… पुरा पढौ

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

मनिला, २७ चैत । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताए।।… पुरा पढौ

ब्राजिलका राष्ट्रपति लुलाको चीन भ्रमण, युक्रेन विवादबारे पनि छलफल हुने

साओ पाउलो, २७ चैत । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्नेछन्। सतहत्तर वर्षीय वामपन्थी नेता लुलाले आफ्ना अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको केही समयपछि भूराजनीतिक मञ्चमा ब्राजिलको भूमिका पुनः प्राप्त गर्ने आशा गरेका छन् । विश्वको दोस्रो अर्थतन्त्र र एशियाली शक्ति राष्ट्रको मार्च २५ देखि ३० सम्म भ्रमण गर्ने तय भए पनि स्वास्थ्यका कारण भ्रमणलाई स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार… पुरा पढौ