अन्तर्राष्ट्रिय 🗺

टर्की भूकम्पमा मृत्यु हुने ४६ हजार नाघे

अंकारा, ७ फागुन । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै ४ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको… पुरा पढौ

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

वाशिङ्गटन, ६ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिए । ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार "राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिए । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिए। अमेरिकी… पुरा पढौ

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

सोफिया, ६ फागुन । बुल्गेरियाको राजधानी सोफियानजिकै कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा अनुसन्धान जारी छ । पुरा पढौ

हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

बिश्केक, ६ फागुन । किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ । आपतकालीन अवस्था मन्त्रालयको प्रेस सेवाले यस बारे उललेख गरेको छ। बिश्केक-नारायण-टोरुगार्ट राजमार्गमा हिमपहिरोका कारण सम्भावित खतराका कारण नारिन ओब्लास्टका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन्। अहिले उद्धारकर्ता र विशेष उपकरणसहित सरसफाईको कामलाई तीव्रता दिइएको छ । प्रारम्भिक जानकारी अनुसार हिमपहिरोका कारण कुनै पनि क्षति नभएको बताइएको छ । पुरा पढौ

मस्कोले निकाल्यो अष्ट्रियाली दूतावासका ४ कर्मचारी

मस्को, ५ फागुन । रुसले यहाँ मस्कोमा रहेको अष्ट्रियाली दूतावासका ४ जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो । मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना ४ जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा… पुरा पढौ

अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधान हुने चीनको विश्वास

बेइजिङ, ५ फागुन । चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएका छन् । सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे । मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सिद्धान्तको अभ्यास महत्वपूर्ण निकाय भएको चिनियाँ विदेशमन्त्रीले बताए। आइओएमइडी विश्वसनीय एवम् व्यावसायिक… पुरा पढौ

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

रोम, ५ फागुन । युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गरे। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तापछि ताजानीले जारी गरेको वक्तव्यमा भनिएको छ, “शान्तिको दिशामा अघि बढ्न चीनले आधारभूत भूमिका खेल्नुपर्छ ।” “बेइजिङले यस दिशामा प्रतिबद्धता जनाउन तयार छ भन्नेमा म विश्वस्त छु,” उनले भने। युरोपेली भ्रमणको अन्त्यमा वाङले रूसको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।… पुरा पढौ

‘माल्पासले विश्व बैंकको अध्यक्षबाट राजीनामा दिने’

वासिङ्टन, ४ फागुन । विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु ठूलो सम्मान र सौभाग्यको कुरा हो । विकासशील देशले अभूतपूर्वसङ्कटको सामना गरिरहेको अवस्थामा बैङ्क समूहले नयाँ गति, नवीनता र प्रभावको साथ प्रतिक्रिया दिएको छ ।” माल्पासले चार वर्षभन्दा बढी समय काम गरेपछि विश्व बैंकको आर्थिक वर्षको अन्त्यमा जुन ३० मा पदबाट राजीनामा दिने विश्व बैंकले जनाएको… पुरा पढौ

क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

हवाना, ४ फागुन । क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ । “जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरोको अनुमोदनपछि राज्य परिषद्ले जोकिन अलोन्सो भाज्क्वेजलाई केन्द्रीय बैंकको अध्यक्षमा पदोन्नति गर्न सहमत भएको छ,” क्युवाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनान्साठी वर्षीय भाज्क्वेजले सन् २०१७ देखि मर्कन्टाइल सोसाइटी अफ क्युबान एक्सचेन्ज हाउस (क्याडेका) को अध्यक्षका रूपमा काम गरेका थिए। केन्द्रीय बैंकले लण्डनको एक… पुरा पढौ

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

पेरिस ४ फागुन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताए। बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका बारेमा असरबारेमा छलफल गरेका थिए। उनीहरूले ‘अन्तर्राष्ट्रिय… पुरा पढौ