अन्तर्राष्ट्रिय 🗺

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

कोपेनहेगन, २८ माघ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो । डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ। यद्यपि, डब्लुएचओले कोभिड-१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको… पुरा पढौ

सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

मनिला, २८ माघ । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ । घटना दिउँसो १ः१० बजे भएको हो । कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो… पुरा पढौ

‘उचित’ वातावरण नभएको भन्दै चीनद्वारा अमेरिकी फोन अस्वीकार

बेइजिङ, २७ माघ । चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीबार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाहीले ‘गम्भीर रूपमा अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताए। “अमेरिकाको यो गैरजिम्मेवारपूर्ण र गम्भीर गलत दृष्टिकोणले दुई सेनाबीच वार्ता र आदानप्रदानका लागि उपयुक्त वातावरण सिर्जना नगरेको कुरालाई ध्यानमा राख्दै चीनले दुई रक्षा मन्त्रीबीचको फोन… पुरा पढौ

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

नयाँ दिल्ली, २७ माघ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९:१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो । गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिकमात्रामा मात्र सफल भएको थियो। पुरा पढौ

टर्की भूकम्पः २१ हजार जनाको मृत्यु

अंकारा, २७ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीएका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायका ६ वटा विशाल वाहन… पुरा पढौ

उजबेकिस्तानबाट अफगानिस्तालाई मानवीय सहायता प्राप्त

काबुल, २६ माघ । राजनीतिकरूपले सङ्कटग्रस्त अफगान जनताको जीवन सहजयापन बनाउँनका लागि उज्बेकिस्तान सरकारको सहयोगमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हिउँदे सहायता प्याकेज पठाएको छ । अत्यधिक चिसोले प्रताडित अफगानिस्तानमा सो सहायताले केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । कडा चिसो जाडोमा जबरजस्ती विस्थापित भएका र अन्य जोखिममा परेका हजारौँ अफगानीहरूको जीवनयापन बचाउँन विभिन्न मानवीय संस्थाले ४८ हजार भन्दा बढी कम्बलसहितका १२ ट्रक अफगानिस्तान पठाएको खामा प्रेसले बुधबार उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले उज्बेकिस्तान सरकारको समर्थनमा अफगानिस्तानका… पुरा पढौ

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

लन्डन, २६ माघ । युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरे। युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका हुन्। उनले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो । यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउँने छ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा… पुरा पढौ

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

अंकारा, दमासकास, २६ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ । बिहीबार बिहानसम्म टर्कीएमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् ।… पुरा पढौ

जर्मनी लगायत ३ देशले युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलब्ध गराउने

किएभ, २५ माघ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार यी ३ वटै मुलुकले आगामी महिना १ सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका हुन् । युक्रेनमाथि आक्रमण भएको १ वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ । गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने… पुरा पढौ

सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

इस्लामाबाद, २५ माघ । आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो… पुरा पढौ