अन्तर्राष्ट्रिय 🗺

युक्रेनको सहयोगका लागि दुई राष्ट्रपतिको भेट

किभ १९ माघ । युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ ।हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका छन्। उहाँहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ । भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् । युरोपियन युनियनले पनि… पुरा पढौ

फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँच

मनिला, १९ माघ । फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ । अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिक भएको फिलिपिन्स–अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको इन्हान्स्ड… पुरा पढौ

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

बेइजिङ, १८ माघ । चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिए । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र विकासका साथै सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए। उनले भविष्यको विकासको प्रयासलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन गर्न सुझाए। चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ… पुरा पढौ

भारतमा आगलागीमा परी चौधको मृत्यु

नयाँ दिल्ली, १८ माघ । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान… पुरा पढौ

सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

नयाँ दिल्ली, १८ माघ । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए । मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ । पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका… पुरा पढौ

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु

पेशावर, १७ माघ । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा… पुरा पढौ

कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

जेनेभा, १७ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो । कोभिड १९ बाट भएको मृत्यु दर विश्वव्यापी रूपमा वृद्धिको बीचमा यो घोषणा आएको हो । शुक्रबार कोभिड–१९ महामारीको त्रैमासिक मूल्याङ्कन बैठकपछि, डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन ९२००५० आपतकालीन समितिले पिएचआइसि सोमबार घोषणा ग¥यो । जसलाई डब्लूएचओका महानिर्देशक डा। टेड्रोस अधानोमले सहमति जनाएका छन् । कोभिड–१९ स्वास्थ्य प्रणालीमा… पुरा पढौ

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

त्रिपोली, १७ माघ । गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७ सत्र जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्,… पुरा पढौ

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

संयुक्त राष्ट्रसङ्घ, १७ माघ । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो । सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् । संयुक्त राष्ट्रसङ्घले हाइटीका… पुरा पढौ

पेशावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

न्यूयोर्क, १७ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गरेका छन् । पेशावासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताएका छन् । विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन… पुरा पढौ