अन्तर्राष्ट्रिय 🗺

क्षेप्यास्त्र प्रहार गरी चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो, चीनकाे कडा असन्तोष

वासिङ्टन, २२ माघ । अमेरिकी वाइडेन प्रशासनले अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ । उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त वेलुनलाई खसालिएको हो । “चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप वेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो,”… पुरा पढौ

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

दुबई, २२ माघ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । लामो समयदेखि एमिलोइडोसिस रोगले ग्रस्त मुशर्रफको आइतबार निधन भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उनको दुबईमा रहेको दुबई अमेरिकन हस्पिटलमा उपचारका क्रममा ७९ वर्षको उमेरमा मृत्यु भएको हो । पुरा पढौ

मार्च १० देखि १४ सम्म भियतनाममा कफी महोत्सव हुँदै

हनोई, २१ माघ । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ । द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा विभिन्न प्रकारका कफी उत्पादन र यससँग सम्बन्धित कफी संस्कृतिको बारेमा प्रदर्शनी गरिने बताइएको छ । यहाँ आयोजना गरिन लागिएको यस प्रकारको यो आठौँ कफी महोत्सव हो । भियतनाम न्युज एजेन्सीले जनाएअनुसार सो अवसरमा कफी उत्पादन, प्रशोधन र उपभोग संस्कृतिको विकास र संबर्धन गर्ने उद्देश्यले कफी गोष्ठीको… पुरा पढौ

चीनको धार्मिक नीति बारे अमेरिकी विदेशमन्त्रीको टिप्पणीको चीनद्वारा अलोचना

बेइजिङ, २१ माघ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू उचालेर चीनको विकासलाई रोक्नले प्रयास नगर्न आग्रह गरेकी छन् । सञ्चार माध्यममा जनाइए अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता शिखर सम्मेलनमा आफ्नो टिप्पणीमा गत नोभेम्बरमा अमेरिकाले चीनलगायत थुप्रै देशहरूलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घन गरेको भन्दै "विशेष चिन्ताका देशहरू" भनेर उल्लेख गरेका थिए ।… पुरा पढौ

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

केप क्यानाभेरल (फ्लोरिडा), २१ माघ । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइल सम्मका छन् । आगामी एप्रिलमा युरोपेली… पुरा पढौ

युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता

किएभ, २० माघ । युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा सङ्घको सराहना गरे। उनले सङ्घका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उनको प्रेस सेवाले जनाएको छ । सङ्घका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिए । रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई… पुरा पढौ

सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

इस्लामावाद, २० माघ  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए ।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरित तर्फबाट आएको एक सवारीले… पुरा पढौ

सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए

इस्लामावाद, २० माघ । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा ती आतङ्कारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ । आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ… पुरा पढौ

भारतीय धनाढ्य अडानीले १ हप्तामै गुमाए १ खर्ब डलर

नयाँ दिल्ली, १९ माघ । अडानी समूहका कम्पनीहरुको स्टक मूल्य १ हप्तामा लगभग १ सय अर्ब अर्थात् १ खर्ब अमेरिकी डलरले घटेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्च नामक अनुसन्धान संस्थाको नकारात्मक प्रतिवेदनका कारण सेयरको मूल्य लगातार ओरालो लागेपछि अडानी समूहका कम्पनीहरूले उक्त परिमाणमा घाटा ब्यहोर्नुपरेको हो । यसै क्रममा अडानी इन्टरप्राइजेजलेले एफपीओ जारी गरेर संकलन गरेको २० हजार करोड अर्थात् २ खर्ब सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने निर्णय गरेको छ । आज बिहान अडानी समूहको मुख्य… पुरा पढौ

नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

सिड्नी, १९ माघ । अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ । केन्द्रीय ब्याङ्कको यो निर्णयसँगै हालै राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन्… पुरा पढौ