अन्तर्राष्ट्रिय 🗺

युद्ध अभ्यास विस्तार गर्न नेता किमको निर्देशन

सोल, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिएका छन् । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उनले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिए । क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएको उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिएको देशको आधिकारिक समाचार… पुरा पढौ

टर्की भूकम्पमा हालसम्म झण्डै ८ हजार जनाको मृत्यु

अंकारा, २५ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म ७ हजार ९ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा २ हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमको पर्वाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । उद्धार तथा… पुरा पढौ

चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा

बेइजिङ, २४ माघ । चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र… पुरा पढौ

टर्की र सिरियामा भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

अदना, (टर्कीए) २४ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् । उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय… पुरा पढौ

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

संयुक्त राष्ट्रसङ्घ, २४ माघ । सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परेकाहरुको उद्धारको काम सुरु गरेका हुन् । सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन्। उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा कङगो आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घ २३ माघ । आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गरेका छन् । उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु भएको छ र अर्का एक गम्भीर घाइते भएका विज्ञप्तिमा जनाइएको छ । गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकविरुद्धको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत युद्धअपराध हुन सक्छ र कङ्गोली अधिकारीलाई यस जघन्य आक्रमणको छानबिन गर्न र दोषीलाई तुरुन्तै न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् । महासचिवले कङ्गोको प्रजातान्त्रिक गणतन्त्रमा… पुरा पढौ

दक्षिण सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

जुबा,२३ माघ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको थियो भने अरु कैयौँ नागरिक घाइते भएका थिए । सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले उक्त घटनाप्रति निन्दा गर्दै यस हिंसात्मक घटनाको अनुसन्धान गर्न माग गरेका छन् । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका विशेष प्रतिनिधि निकोलास हाइसनले दक्षिणी सुडानको काजो केजी जिल्लामा भएको सो हिंसाबाट कम्तीमा पनि २७… पुरा पढौ

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु

इस्तानबुल, २३ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो । सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले… पुरा पढौ

सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

दमास्कस, २३ माघ । दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परेर सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,”… पुरा पढौ

ब्राजिलमा राज्यशक्तिमाथि आक्रमण गरेको आरोपमा ६५० बढीविरुद्ध मुद्दा दायर

ब्रासिलिया, २२ माघ । ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ । “उनीहरूलाई ब्रासिलियाको सेनाको मुख्यालय अगाडिको शिविरमा हिरासतमा राखिएको छ,” अभियोजकको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत अक्टोबरमा लुइज इनासियो लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि बोल्सोनारोका समर्थकले शिविर स्थापना गरेका थिए । उक्त समूहमाथि आपराधिक संलग्नता र… पुरा पढौ