अन्तर्राष्ट्रिय 🗺

अर्को व्यवस्था नभएसम्म नगद विदेशी मुद्रा झिक्न नपाइने

बिस्केक, ४ माघ । किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो । मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न… पुरा पढौ

प्रतिआतङ्वाद कारबाहीमा चार जना आतङ्कवादी मारिए

इस्लामावाद, ४ माघ । देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो । सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक दूर नियन्त्रित विष्फोटक पदार्थ विष्फोट गराउने उपकरण बिछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध भएको कारबाहीमा उनीहरू मारिएका सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले एक विज्ञप्ति निकालेर बताएको छ । विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ… पुरा पढौ

यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, ३ माघ । संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पु¥याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरे। उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने– म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु । युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उनले सो आग्रह… पुरा पढौ

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

डाकार, ३ माघ । उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी दिए। स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ रहेको बताएको थियो । पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताए। घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ । सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो… पुरा पढौ

अमेरिकामा गोली प्रहार गरी ६ जनाको हत्या

क्यालिफोर्निया, ३ माघ । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी ६ महिनाकी छोरीको ज्यान गएको छ । त्यस्तै सोही काउन्टीमा अर्का ४ जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ । एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ । त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पुर्याइएको छ । ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा… पुरा पढौ

युक्रेन युद्ध : आवासीय भवनमा क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो

डिनिप्रो, युक्रेन, २ माघ । युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जन भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परबाह नगरी निरन्तर खटिरहेका थिए । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले… पुरा पढौ

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन । राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गरे । गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत… पुरा पढौ

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु

इस्लामावाद, २ माघ । पाकिस्तानी प्रधानमन्त्रीले देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गरेको बताइएको छ । प्राप्त समाचारअनुसार उनले यहाँ यो अभियान तीन दिनसम्म सञ्चालन गरिने छ । पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री सरिफले सो अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि यहाँका केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताए।… पुरा पढौ

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २ माघ । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन्। उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका महासचिब गुटर्रेसका प्रवक्ता स्टेफन दुजारिकले दिएका थिए। प्रजातान्त्रिक गणतन्त्र कङ्गोेमा रहेको स्थायित्वका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन अभियानले कङ्गोका अधिकारीहरूसँग समन्वय गरेर घाइतेहरूलाई उद्धार गरिरहेको दुजारिकद्वारा जारी एक… पुरा पढौ

नाइजेरियामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

नाइजेरिया, २ माघ । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् । यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ । सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई… पुरा पढौ