अन्तर्राष्ट्रिय 🗺

लाखौँ फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनकि सेवा ठप्प

पेरिस, ६ माघ । निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे । देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भयो । गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २०… पुरा पढौ

‘चीन-अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

न्युयोर्क, ६ माघ । चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ । वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताए। दुर देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उनले आपसी समस्या समाधानका… पुरा पढौ

वायु प्रदूषणबाट इरानमा बर्सेनि २० हजार बढीको मृत्यु

तेहरान, ६ माघ । इरानमा वायु प्रदूषणबाट बर्सेनि २० हजार ८ सयको ज्यान जाने गरेको एक स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ । ३ करोड ५० लाख जनसङ्ख्या भएको इरानका २७ वटा शहरमा गरिएको अध्ययनबाट ज्यान गुमाउनेको उक्त सङ्ख्या अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका वायु स्वास्थ्य तथा जलवायु परिवर्तन विभागका प्रमुख अब्बास शासवानीले तासनिमलाई बताए । वायु प्रदूषणका कारण… पुरा पढौ

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

जोहानेसवर्ग, ५ माघ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ । आगामी फेब्रुवरी १७ देखि ‘मोसी’ संयुक्त सैन्य अभ्यास हुने दक्षिण अफ्रिकाको राष्ट्रिय प्रतिरक्षा बलले जनाएको हो । तीन देशका जलसेनाको यो दोस्रो… पुरा पढौ

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

वेलिङ्टन, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी छन्। आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन्। बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताईन। “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको… पुरा पढौ

रुस-चीन सम्बन्धको प्रशंसा

मस्को, ५ माघ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गरेका छन्। बुधबार भएको पत्रकार सम्मेलनमा उनले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव भइरहेको बताए। चीनसँगको सम्बन्ध व्यावहारिक, विश्वासनीय एवम् पारस्परिक सम्मानमा आधारित भएको बताउँदै विदेशमन्त्री लाभरोभले चीनसँगको सम्बन्धलाई एक आदर्शको प्रतीकका रूपमा चित्रण गर्न सकिने उल्लेख गरे। दुवै देशले संयुक्त राष्ट्रसङ्घमा निकट सम्पर्क र समन्वयमा रहेर काम गरिरहेका, साङ्घाई सहयोग सङ्गठन, युरेसियन आर्थिक सङ्घ र बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत पारस्परिक सहयोग प्रवद्र्धन गर्दै… पुरा पढौ

आर्थिक समस्याले माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

वासिङ्टन, ५ माघ । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो । अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो… पुरा पढौ

विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

सिड्नी, ४ माघ । मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो । विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले परीक्षण गर्नेछन् । मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो । विमानस्थलमा चिकित्सकासहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो । विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या… पुरा पढौ

छालाको क्यान्सरबाट पीडित अमेरिकी प्रथम महिला महारोगविरुद्धको राष्ट्रिय अभियानमा

वासिङटन, ४ माघ । अमेरिकी प्रथम महिला जिल बाईडेन छालाको क्यान्सरबाट पीडित भएकी छन्। केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरे । नियमित परीक्षणका क्रममा उहाँमा उक्त रोग लागेको पुष्टि भएको हो । प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो । परीक्षणका क्रममा चिकित्सकहरूले उनको वायातिरको वक्षस्थलको भाग र वाया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए । रोग लागेको भाग हटाइएको छ । समयमै उपचार गर्दा… पुरा पढौ

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

ताइपेई, ४ माघ । ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ । बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति… पुरा पढौ