अन्तर्राष्ट्रिय 🗺

कोरोनाको जटिल अवस्थाबाट पार पाएको चीनको भनाइ

बेइजिङ, १ माघ । कोरोना महामारीको जटिल अवस्थाबाट देशले पार पाएको जनाउँदै चीनले एक महिनामा ६० हजारले ज्यान गुमाएका बताएको छ । यद्यपि सरकारले सार्वजनिक गरेको ज्यान गुमाएकाको यो विवरण अनुमान गरिए भन्दा कम भएको बताइएको छ । अघिल्लो महिनाको प्रारम्भदेखि नै अस्पतालहरू बिरामीले भरिभराउ भएका थिए भने शवदाह गृह तथा अन्त्येष्टिस्थलमा पनि ठूलो भीड लागेको थियो । अकल्पनीयरुपमा कोरोनाका बिरामी बढेकाले ६० हजारभन्दा बढीको मृत्यु भएको ठानिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले कोभिडका कारण श्वासप्रश्वासमा जटिलता थपिएपछि पाँच हजार… पुरा पढौ

पाकिस्तानको क्वेटामा सिलिन्डर विस्फोट हुँदा ६ जनाको मृत्यु

कराँची, १ माघ । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा ४ बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो । उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ । विष्फोटमा परी एक दम्पती र उनीहरुका ४ सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् । सिलिण्डरबाट ग्यास चुहिएर… पुरा पढौ

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

मनिला, १ माघ । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । एघार जना घाइते भएका र तीन जना… पुरा पढौ

सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

संयुक्त राष्ट्रसङ्घ, २९ पुस । सशस्त्र समूहले कङ्गोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ ।कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्काे डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला… पुरा पढौ

रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

मस्को, २९ पुस । रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भने-"हामी रुसी-चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित विभिन्न विषयको आदानप्रदानको पुन: शुरुवात सुनिश्चित… पुरा पढौ

कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघ २९ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ । उनले भने–म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई आग्रह गर्दछु । हामी सबैले संयुक्त राष्ट्रसंघको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताए। उनले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य… पुरा पढौ

बङ्गलादेशी प्रधानमन्त्री मधुमेह विरुद्धको विश्वदूतद्वारा सम्मानित

ढाका, २९ पुस । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ । परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक एवं प्रशंसापत्र हस्तान्तरण गर्नुभएको राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ। हसिनालाई लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उgले खेलेको भूमिकाको कदर गर्दै मधुमेहका लागि ग्लोबल… पुरा पढौ

चट्याङ लागेर त्रिसट्ठी जनाको मृत्यु भएको

नोमपेन्ह, २८ पुस । कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताए। मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताए। उनले चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिए। ‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण… पुरा पढौ

महिलामाथिको प्रतिबन्धले मानवीय सहायता परिचालनमा अवरोध

काबुल, २८ पुस । गत जुनमा महिला चिकित्सकको एउटा टोली छ घण्टा लामो पहाडी मार्गको यात्रा पूरा गरेर पूर्वी अफगानिस्तानको एउटा गाउँ पुग्यो जहाँ भूकम्पबाट एक हजारभन्दा बढी अफगानीले ज्यान गुमाएका थिए । भूकम्प गएको दोस्रो दिन महिला चिकित्साकर्मीको टोली त्यहाँ पुगेको थियो । घाइते भएका पुरुषले अघिल्लै दिनदेखि उपचार पाएका थिए तर महिलाका आला घाउबाट रगत बगिरहेको थियो सामान्य उपाचारसमेत नपाएर । पूरातन सोच र रुढीवादी समाजमा जकडिएको अफगानिस्तानका महिला महिला चिकित्सक नआएसम्म त्रिपालबाट बाहिर निस्केनन् । मानवीय सहायताकर्मी महिला… पुरा पढौ

आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा सत्र जनाको ज्यान गयो

लस एन्जलस २८ पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्ष यताकै ठूलो क्षति भएको जनाएका… पुरा पढौ