अन्तर्राष्ट्रिय 🗺

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट

वासिङ्टन, १७ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्ट सोह्रौँको असामयिक निधन भएकाेमा शोक प्रकट गरेका छन् । पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो । पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गरेकाे योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गरे। धर्मपत्नी जिलसहित विश्वभरका इसाई धर्मावलम्बीप्रति अमेरिकी राष्ट्रपतिले शोक व्यक्त गर्दै उनीहरूप्रति समवेदना व्यक्त गरे। शोक सन्देशमा अमेरिकी राष्ट्रपतिले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति थिए भन्दै उनका… पुरा पढौ

फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

मनिला, १७ पुस । फिलिपिन्समा कोभिड-१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५ सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँ अहिले कोभिडका सक्रिय सङ्क्रमित १३ हजार मात्र भए पनि पछिल्लो समयमा… पुरा पढौ

‘म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

जेनेभा, १६ पुस । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूर्ण समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा राखेर जीवन जोखिममा परेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान गरेका छन्। उनले भने, “सन् २०२२ मा मात्रै दुई हजार ४०० भन्दा बढी रोहिंग्याले बङ्गलादेश र म्यान्मार छोड्न खोजेका छन् । उनीहरूमध्ये २०० भन्दा बढीले बाटोमै ज्यान गुमाएकोमा म अत्यन्त दुःखी छु ।” “हालैका रिपोर्टहरूले रोहिंग्याहरूलाई बोक्ने भीडभाड र असुरक्षित डुङ्गाहरू कुनै पनि सहायता बिना नै धेरै दिनसम्म चल्न छोडेको… पुरा पढौ

पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’मा १० जनाको हत्या

दमास्कस, १६ पुस । पूर्वी सिरियामा ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ । दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्रमण भएको सानाको रिपोर्टमा उल्लेख छ । आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए । सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले… पुरा पढौ

उत्तरी कम्बोडियाको एक होटलमा आगलागी हुँदा १९ को मृत्यु

नोम्पेन्ह, १५ पुस । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना… पुरा पढौ

लाखौंका लागि प्रेरणा-फुटबल सम्राट पेले,ब्राजिलमा राष्ट्रिय शाेक घाेषणा

साओ पाउलो, १५पुस। तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ । हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेका छन् । पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई… पुरा पढौ

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

कोलम्बो, १५ पुस । श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस मानवीय सहायताको खाँचोमा रहेका छन् । हालैका केही महिनायता श्रीलङ्काले जटिल आर्थिक समस्याको सामना गरिरहेको छ । यहाँका कतिपय नागरिकलाई दैनिक आधारभूत आवश्यकताको नै खाँचो पर्दै गएको देखिएको पनि सो संस्थाले हालै मात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा देखिएको छ । पछिल्लो समयमा श्रीलङ्का मुद्रास्फिती, वैदेशिक मुद्राको अभाव… पुरा पढौ

रहेनन् फुटबलका जादूगर विश्व चर्चित फुटबलर पेले

काठमाडौं, १५ पुस । विश्व चर्चित ब्राजिलका फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र… पुरा पढौ

अमेरिकामा हरेक हप्ता ४८ हजार बालबालिकामा कोभिड सङ्क्रमण

लस एन्जलस, १४ पुस । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन्… पुरा पढौ

श्रीलङ्काको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

कोलम्बो, १४ पुस । श्रीलङ्काको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । रेड विङ्स एयरलाइन्सले मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई उडान गर्ने भएको छ, जुन विगत दुई वर्षदेखि इन्धन भर्न र आपतकालीन अवस्थामा डाइभर्ट गरिएका विमानका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो दुई वर्षमा केही कार्गो जहाज र चार्टर्ड… पुरा पढौ