अन्तर्राष्ट्रिय 🗺

खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित

नयाँ दिल्ली, २३ पुस । इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा विलम्ब भएको छ । केन्द्रीय राजधानी सहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्। इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ पुरा पढौ

चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षी बीच भेटवार्ता

बेइजिङ, २३ पुस। चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् । चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभ बीच भएको वार्तामा चीन-तुर्कमेनिस्तान सम्बन्धको नयाँ युगको रूपमा चीन र तुर्कमेनिस्तानबीच व्यापक रणनीतिक साझेदारीको घोषणा गरेको मन्त्री वेईले बताएका छन् । चीनले तुर्कमेनिस्तानसँग दुई देशका सेनाबीचको रणनीतिक सञ्चारलाई निरन्तरता दिन, व्यावहारिक सहयोगलाई अझ गहिरो र विस्तार गर्न र साझा भविष्यका साथ चीन-तुर्कमेनिस्तानको आपसी सद्भाव थप बलियो बनाउँन तयार रहेको पनि… पुरा पढौ

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदैविश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

न्युयोर्क, २२ पुस । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ… पुरा पढौ

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन, २२ पुस । तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए । बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो । अमेरिकाका केही राज्य अरू… पुरा पढौ

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

बेइजिङ, २२ पुस । चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गरे । उनले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गरे । “चीन पवित्रस्थलमा शान्ति कायम… पुरा पढौ

पूर्वप्रमुख पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौँको भीड

भ्याटिकनसिटी २१ पुस । संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको अन्त्येष्टिमा भाग लिन सेन्ट पिटर स्क्वायरमा हजारौँको भीड लागेको छ । गत शनिबार ९५ वर्षको उमेरमा भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो । कफिनलाई कुहिरोले ढाकिएको सेन्ट पिटरको बासिलिकाबाट बाहिर निकालेर बेदीको अगाडि राख्दा विश्वासीले दिवङ्गत पादरीको प्रशंसा गरेका थिए भने रातो लुगा लगाएका पादरीलाई हेर्दै शोकाकुल अनुयायीले बेनेडिक्टको पार्थिव शरीर रहेको कफिनमा शिर निहुराएर श्रद्धाञ्जलि अर्पण गरे । साथै उनीहरूले बाइबललाई चुम्बन पनि गरे । “हामी बेनेडिक्टलाई… पुरा पढौ

सङ्कटग्रस्त श्रीलङ्कालाई संयुक्त राष्ट्रसङ्घले सघाउने

कोलम्बो, २१ पुस । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताएका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घे र उनको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सहायक महासचिव विगनराजले आर्थिक एवम् प्राविधिक सहयोगको आश्वासन दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रसङ्घका अधिकारीले राष्ट्रपति विक्रमासिङ्घे  र उनको सरकारले देशको आर्थिक सङ्कट समाधानका लागि गरेका प्रयासको प्रशंसा गरेका थिए । राष्ट्रपति विक्रमासिङ्घे नेतृत्वको… पुरा पढौ

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

आदिस अबाबा, २१ पुस । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य अति आवश्यक वस्तुहरुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि संगठनल लागेको सो संस्थाले जनाएको छ । यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरुले नै खाद्यान्न वितवरण गर्न नदिएकामा अहिले सो क्षेत्रमा युद्धविराम भएपछि विस्तारै आवश्यक वस्तुहरुको आपूर्ति गर्न थालिएको बताइएको हो । यहाँको उत्तरी क्षेत्र… पुरा पढौ

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

किभ, २० पुस । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन्। उनले युक्रेनले आगामी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोकेकाे समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाए। उनले भने– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निमार्णका लागि हामी लाग्नेछौँ । उनले… पुरा पढौ

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

कोलम्बो, १९ पुस । आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए । कोभिड–१९ महामारीसँगै आर्थिक… पुरा पढौ