अन्तर्राष्ट्रिय 🗺

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

थाइल्याण्ड, ४ पुस । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन् । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ । नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता सैनिकको खोजी भइरहेको बताए… पुरा पढौ

विश्वकप फुटबल २०२२ मा अहिलेसम्मकै सर्वाधिक १७२ गोलको रेकर्ड कायम

काठमाडौं, ४ मंसिर । कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको किर्तिमान् बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।… पुरा पढौ

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

अबुजा, ४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्. । यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको… पुरा पढौ

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ, ४ । पुस संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन्। उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन । विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए। विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताए। उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक… पुरा पढौ

विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

ब्युनर्स आयर्स, अर्जेन्टिना, ३ पुस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन् । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताए। आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उनले भने, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र… पुरा पढौ

संरक्षणवादले विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलालाई हानि पुग्ने : चिन

बेइजिङ, ३ पुस । संयुक्त राज्य अमेरिकाको एकतर्फीवाद र व्यापारमा संरक्षणवाद बहुपक्षीय व्यापार प्रणालीबाट विचलित भएको, आर्थिक कानून र बजार नियमहरूको उल्लङ्घन गरेको र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतामा असर पारेको चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार बताएको छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को गत साता सम्पन्न संयुक्त राज्य अमेरिकाको १५ औं व्यापार नीति समीक्षाको बारेमा सञ्चारमाध्यमको जिज्ञासाको जवाफमा चीनको यस्तो भनाई आएको हो । समीक्षाका क्रममा चीनले ठूलो मात्रामा भेदभावपूर्ण अनुदानहरू लागू गर्ने, धारा ३०१ अन्तर्गत एकतर्फी रूपमा विशाल… पुरा पढौ

उत्तर कोरियाले पूर्वी समुद्रमा किन गर्यो दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार ?

प्योङयाङ, ३ पुस । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव बढेको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ ९जेसीएस०ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको पुष्टि गरेका हुन् । उनका अनुसार ती… पुरा पढौ

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

संयुक्त राष्ट्रसङ्घ, १ पुस । चीनले आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्वादविरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्छ भने। चिनियाँ राजदूतले आतङ्कवाद विरोधी मुद्दाको राजनीतिकरण,दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतङ्कवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए। विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै… पुरा पढौ

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

ब्रसेल्स, १ पुस । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ। उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तरराष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ । युक्रेनलाई मद्दत गर्नको लागि… पुरा पढौ

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

वासिङ्टन, १ पुस । राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन्। राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उहाँले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे। दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्नेछ ।… पुरा पढौ