अन्तर्राष्ट्रिय 🗺

डब्ल्यूएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

कम्पाला, २५ मंसिर । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार यसबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको हो । 'यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको… पुरा पढौ

पेरुका नयाँ राष्ट्रपतिले विरोध प्रदर्शनका बीच निर्वाचन गराउँने सङ्केत

लिमा, २४ मङ्सिर । पेरुका नवनिर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेकि छन् । "यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक शक्तिहरूसँग वार्ता गर्नेछ' सम्भावना रहेको बताइन। बोल्वार्टेले बुधबार पदभार ग्रहण गर्दै कङ्ग्रेसले उनको पूर्ववर्ती पेड्रो कास्टिलोलाई विधायिका भङ्ग गर्ने असफल प्रयासको गरेको केही घण्टापछि महाभियोग लगाएको थियो । सुरक्षा बलद्वारा हिरासतमा रहेका कास्टिलोले यसअघि विपक्षी नेतृत्वको कङ्ग्रेसले अनुमोदन गरेको महाभियोग प्रस्ताव आफूविरुद्ध राजनीतिक खेलको हिस्सा भएको… पुरा पढौ

इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त

इनतेबी, युगान्डा, २३ मङ्सिर । युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए । मन्त्रीले इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताए। प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण… पुरा पढौ

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

रियाद, २३ मङ्सिर । चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताउनु भएको छ । साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गर्नुभएको छ । पुरा पढौ

खानी विस्फोटमा नौजनाको मृत्यु

जकार्ता, २३ मङ्सिर । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ । विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिनु भएको छ । पुरा पढौ

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लागेको पुटिनको स्वीकारोक्ति

कीभ, युक्रेन, २२ मङ्सिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन् । “निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,” पुटिनले भने। फेब्रुअरी २४ मा रूसको आक्रमणबाट सुरु भएको नौ महिनाभन्दा लामो युद्धले लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ, र दशौं हजार घाइते वा मृत्यु हुनुपरेको छ । युद्धको लम्बाइ धेरै दिन हुने देखिएपनि तिनले… पुरा पढौ

एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

ढाका, २२ मङ्सिर । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता… पुरा पढौ

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

रियाद, २२ मङ्सिर । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुग्नुभएको छ । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उहाँको न्यानो स्वागत गरेको थियो । त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही… पुरा पढौ

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

नयाँ दिल्ली, २१ मङ्सिर । दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो । हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा… पुरा पढौ

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

वासिङ्टन, २१ मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदन सार्वजनिक भएपछि संवाददाताहरूलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विश्वको सबैभन्दा विशाल लोकतन्त्र र धार्मिक विविधता एवम् आस्थायुक्त भारतलाई धार्मिक सहिष्णुता कायम गर्न अमेरिकाले साथ दिने बताए । साथै उनले भारतसहित अन्य देशको धार्मिक स्वतन्त्रताको स्थितिबारे निरन्तर अनुगमन गरिने जानकारी दिए… पुरा पढौ