अन्तर्राष्ट्रिय 🗺

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

ढाका, २१ मङ्सिर । बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ । कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गरे । त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उनले बताए। बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले… पुरा पढौ

स्वयंसेवी हत्या गरेको आरोपमा ५ जनालाई मृत्युदण्ड

इरान, २१ मंसिर । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमले मङ्गलबार जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको बताएका छन् । अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले… पुरा पढौ

चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह

काठमाडौ, २१ मंसिर । जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताएकी छन् । प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेकी हुन् । माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको र जापान पनि क्षेत्रीय तनाव खेल्ने र सैन्य सफलता खोज्ने सम्भावना रहेको बताउँदै त्यस्ता खतरनाक कदमहरूले एसियाली छिमेकी र अन्तरराष्ट्रिय समुदायबीच… पुरा पढौ

‘सहुलियतपूर्ण वित्तीय सहयोगका निम्ति श्रीलङ्का योग्य छ’

कोलम्बो, २० मङ्सिर । विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी कोलम्बोलाई सहयोगको सूचीमा समावेश गरेको हो । देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका निम्ति आइडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलङ्काको योग्यतालाई विश्व ब्याङ्कले स्वीकार गरेको राष्ट्रपतिको सञ्चार विभागले जनाएको छ । लामो समयदेखि श्रीलङ्का सरकारले अन्तर्राष्ट्रिय सहायताका निम्ति अनुरोध गर्दै आएको थियो । देशको अर्थव्यवस्थालाई… पुरा पढौ

कम्बोडियालाई एडिबीको पाँच करोड डलर ऋण

नोमपेन, २० मङ्सिर । मनिलास्थित एसियाली विकास ब्याङ्क (एडीबी) ले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन पाँच करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । महामारीपछिको आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न ब्याङ्कले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । कम्बोडियाको आर्थिक पुनरुत्थानमा सघाउन, लगानी तथा व्यापारिक वातावरण वृद्धि गर्न,लघु,मध्यम र साना उद्यमको विकासमा टेवा दिन, व्यापार नीति एवम् व्यापार सहजीकरणमा सुधार गर्न ऋण उपलव्ध गराउने निर्णय भएको ब्याङ्कले एक विज्ञप्ति निकालेर आज जनाएको हो… पुरा पढौ

लिबियाको तटबाट ६ सय ३३ आप्रवासीको उद्धारः आईओएम

त्रिपोली, २० मंसिर । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर २७ देखि  डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो । सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र ६ सय ७८ बालबालिकासहित कुल २१ हजार ४ सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ । यो वर्ष अहिलेसम्म कुल ५ सय… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीकी १०० बर्षीया आमा हीराबेनद्वारा गान्धीनगरबाट मतदान

गान्धीनगर, १९ मङ्सिर । गान्धीनगर, १९ मङ्सिर । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकि छन् । सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकि हुन्। साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेकि थिइन्। यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेटेका थिए । भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा… पुरा पढौ

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान

दोहा, १९ मङ्सिर । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । “म विश्वकपका उत्कृष्ट… पुरा पढौ

मालीमा ६६ आतङ्ककारी मारिए

बामाको, १९ मङ्सिर । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका हुन् । सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ । सो बलले गएका केही महिनादेखि यहाँका आतङ्ककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको… पुरा पढौ

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

मार्सेली, १९ मङ्सिर । फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए । उनका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । “९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उनको निधन भएको छ, ” उनकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग भनिन्। जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो ।… पुरा पढौ