अन्तर्राष्ट्रिय 🗺

क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

क्वालालम्पुर, १ पुस । मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ। अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ । "अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी,… पुरा पढौ

मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित

क्वालालम्पुर, २९ मङ्सिर । मलेसियामा एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ । यस समयमा कोरोना सङ्क्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।… पुरा पढौ

अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक : विश्वस्वास्थ्य सङ्गठन

किगाली, २९ मङ्सिर : विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बता। उनले भने–अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका पूर्वाधारका साथै अन्य आवश्यकताका विषयहरुको पूर्ति गर्न नसकिएकाले यहाँ यस क्षेत्रमा थप लगानीको आवश्यकता छ । रुवाण्डाको राजधानी किगालीमा आयोजना भएको जनस्वास्थ्यको अवस्था र यसको आवश्यकता सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा सो कुरामा जोड दिइएको हो । केही… पुरा पढौ

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइपेई, २९ मङ्सिर । ताइवानको पूर्वी तटमा बिहीबार ६।२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५।९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । “ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख… पुरा पढौ

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु, नौ घाइते

इस्लामावाद, २९ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ । सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ । मृत्यु हुनेमा एक सैनिक र एक सर्वसाधारण रहेका जनाइएको छ । पुरा पढौ

कङ्गोमा बाढीपहिरोबाट एक सय जनाको मृत्यु

किन्सासा, २८ मङ्सिर । भारी वर्षाका कारण यहाँ आएको बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताए। प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताए। झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् । गालिमिया क्षेत्रमा ३६ जना… पुरा पढौ

मध्य किभमा विस्फोटको आवाज सुनियो-मेयर भिटाली क्लित्स्को

किभ , २८ मङ्सिर । युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताए। राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विष्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन् । हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘शाहेद ड्रोन’ लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ । पुरा पढौ

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

बेइजिङ, २८ मङ्सिर। चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत् सम्बोधन गर्न लागेकाे जानकारी दिए। पुरा पढौ

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

वेलिङ्टन, २८ मङ्सिर । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष… पुरा पढौ

दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे

सोल, २७ मङ्सिर । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ । यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ७८ लाख ४१ हजार एक पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । जाडोमा पुनरुत्थानको बारेमा बढ्दो चिन्ताको बीचमा सेप्टेम्बर १४ यता ९० दिनमा यो उच्चतम दैनिक केस देखा परेको थियो । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको २२ हजार ६६७ बाट तीव्ररूपमा बढेको थियो र… पुरा पढौ