अन्तर्राष्ट्रिय 🗺

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिको धरौटी स्वीकार

नयाँदिल्ली, २७ मङ्सिर । सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रिम धरौटी स्वीकार गरेको छ । न्यायाधीश केएम जोसेफ र बिभी नागरथनाको इजलासले आवश्यक परेका बेला अनुसन्धानमा सहयोग गर्न आदेश दिँदै नियमित जमानतका निम्ति मुम्बइ ट्रायल कोर्टमा सुझाएको छ । महाराष्ट्र प्रहरीले पनि राजकुन्द्रालगायतको उक्त मुद्दामा भएको आदेशको विरोध गरको छैन । आरोपितहरूले आफूहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा… पुरा पढौ

सन् २०४१ सम्म स्मार्ट बङ्गलादेश बनाइने

ढाका, २७ मंसिर । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताइन् । सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, 'हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ ।' बङ्गालेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् । त्यस अवसरमा उनले… पुरा पढौ

सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

मस्को, २६ मङ्सिर । रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताए। आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक हो, भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कूटनीतिक अनुभव छ,” उनले भने। भारतले… पुरा पढौ

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

नयाँदिल्ली, २६ मङ्सिर । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका… पुरा पढौ

बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

नयाँदिल्ली, २६ मङ्सिर । बेलाइत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् । वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलाइत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलाइत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ । वार्ता प्रारम्भ हुनुअघि दुवै… पुरा पढौ

डेढ अर्ब ट्विटर एकाउन्ट डिलिट गर्दै मस्क

सान फ्रान्सिस्को, २५ मंसिर । ट्विटरका मालिक इलन मस्कले उक्त प्लेटफर्मबाट डेढ अर्ब ट्विटर एकाउन्ट डिलिट गर्ने घोषणा गरेका छन् । मस्कले गत शुक्रबार वर्षौंदेखि निष्क्रिय रहेका एकाउन्टलाई प्लेटफर्मबाट हटाउने ब्यहोरासहितको ट्वीट गरेका हुन् । ट्विटरमा साइन अप गरिएको तर प्लेटफर्मको प्रयोग नगर्नेहरुले ओगटेका प्रयोगकर्ताको नामहरु खाली गर्ने योजना बनाएको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । मस्कले आफ्नो प्लेटफर्ममा ड्राइभिङ गतिविधि, संलग्नता र प्रयोगकर्ता वृद्धि जारी राख्ने तरिकाहरू खोज्दा योजनाबद्ध नीति परिवर्तन गरिरहेका छन् । तर कति समयसम्म निष्क्रिय रहेका… पुरा पढौ

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

हङकङ, १५ मङ्सिर । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ । कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ… पुरा पढौ

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

कीभ, २५ मङ्सिर । युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन् । युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो । अधिकारीका अनुसार… पुरा पढौ

सु हुइ ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिगको अध्यक्ष निर्वाचित

बेइजिङ, २५ मङ्सिर । ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग (टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित भएका छन् । करिब तीन हजार ४०० सदस्य भएको गैर-कम्युनिष्ट राजनीतिक पार्टी टीडिएसएलले बेइजिङमा ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि यो निर्णय घोषणा गरिएको हो। सु चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको उपाध्यक्ष पनि हुन् । टीडिएसएलको राष्ट्रिय काङ्ग्रेसको समापन सत्रमा ६९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिएको थियो । सो समितिले सुलाई अध्यक्षको रूपमा चयन गरेको हो । सन् १९४७ नोभेम्बर १२… पुरा पढौ

बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

मनिला, २५ मङ्सिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो। स्थानीय समय अनुसार शनिबार २५ जना यात्रु बोकेको जीपनी उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो। तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान… पुरा पढौ