अन्तर्राष्ट्रिय 🗺

नाइजेरियामा ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, १५ मङ्सिर । संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख… पुरा पढौ

इटलीमा कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

इटली, १५ मंसिर । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ । यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल… पुरा पढौ

एप्पलले ट्विटरलाई दियो एप स्टोरबाट हटाउने चेतावनी

क्यालिफोर्निया, १४ मंसिर । अमेरिकी प्रविधि कम्पनी एप्पलले माइक्रो ब्लगिङ एप ट्विटरलाई एप स्टोरबाट हटाउने चेतावनी दिएको छ । ट्विटरका मालिक एलन मस्कले एप्पलद्वारा ट्विटरलाई एप स्टोरबाट हटाइदिने चेतावनी आएको जानकारी दिएका हुन् । तर एप्पलले ट्विटरमा के कति समस्या आएका कारण यस्तो चेतावनी दिनुपरेको भन्ने खुलाएको छैन । ट्विटरका मालिक मस्कले एप्पलले ट्विटरमा विज्ञापन पनि नदिएको दावी गरेका छन् । ट्विटरका ट्रस्ट र सुरक्षा विभागका पूर्व प्रमुख योएल रोथले भने एप्पलको एप स्टोर रिभ्यु गर्नेहरुरले ट्विटरमा 'कन्टेन्ट फ्ल्याग' गरिरहेको र… पुरा पढौ

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ, १४ मङ्सिर । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो । नेता चियाङ ९६ वर्षका थिए। केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो । पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गरेका थिए।… पुरा पढौ

‘खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’

तेहरान, १४ मङ्सिर । खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) द्वारा युरोपेली सङ्घसँगको साझेदारी र समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, विद्युत् अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसरमा पनि प्रभाव परेको… पुरा पढौ

इरान विरोधप्रदर्शनः चार सय बढी मारिए

तेहरान, १४ मङ्सिर । बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोधप्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । नर्वेको इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन् । अठार वर्ष मुनिका नौ जना… पुरा पढौ

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

नयाँ दिल्ली, १४ मंसिर । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो ।  सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । वैदेशिक व्यापार नियमन एवम्  प्रवर्द्धनमा संलग्न उक्त निकायले  त्यसबेला… पुरा पढौ

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडौं, १४ मंसिर । । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले… पुरा पढौ

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय पन्ध्रमा झर्यो

नयाँदिल्ली, १३ मङ्सिर । भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका र हाल भारतमा चार हजार नौ सय ८२ सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको हाे। देशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको महामारीको… पुरा पढौ

इथियोपियाको टिगरेमा पर्याप्त मात्रामा सहायता पुगेन : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, १३ मङ्सिर । विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको थियो । सो सम्झौता बमोजिम टिगरेमा मानवीय सहायता वितरणको काम सुरु भएको छ । विद्रोहीहरुले यसअघि सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले वितरण गर्दै आएको सहायता वितरणको काम पनि हुन दिएका थिएनन् । हाल त्यहाँ सहायता… पुरा पढौ