अन्तर्राष्ट्रिय 🗺

दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

नयाँ दिल्ली, १३ कात्तिक। भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ । संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्यूआई क्रमशः ३७२ र ३४३ रहेको छ । नयाँ दिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया… पुरा पढौ

४४ अर्ब अमेरिकी डलरमा एलन मस्कले किने ट्वीटर

न्युयाेर्क, १२ कात्तिक । बिश्वकै धनी ब्यक्तिका रूपमा चिनिएका एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा मिडिया प्लेटफर्म ट्वीटर खरिद गरेका छन। ट्वीटरकाे स्वामित्व लिएपछि मस्क बिहीबार ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । नँया लगानीकर्ताका रूपमा मस्ककाे इन्ट्री भएपछि ट्वीटरका सीईओ पराग अग्रवाल भने बाहिरिएका छन । परागसँगै चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले बताएका छन् । केही समयअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेर… पुरा पढौ

प्रतिआतङ्कवाद कोषलाई भारतले पाँच लाख डलर दिने

नयाँदिल्ली, १२ कात्तिक  । भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि यहाँ प्रारम्भ भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए। उक्त सहायता रकम भारतको… पुरा पढौ

फिलिपिन्स आँधीः सतचालीस जनाको मृत्यु, साठी जना बेपत्ता

मनिला, १२ कात्तिक । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् । मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।… पुरा पढौ

इराकमा नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

मनिला, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् । महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएको जनाएका छन् । पुरा पढौ

क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान

जकार्ता, १२ कात्तिक । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड–१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् । सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग… पुरा पढौ

भियतनाममा दश महिनामा डेंगु ज्वरोका कारण एक सय दुई जनाको मृत्यु

हनोई, ११ कात्तिक । भियतनाममा यसवर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ । हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु… पुरा पढौ

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, ११ कात्तिक । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाएका थिए। चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएकाे सो बधाई सन्देश पठाएका हुन। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन भएका हुन् । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ… पुरा पढौ

अमेरिकामा विद्यालयमा हुने बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै

सिड्नी, ११ कात्तिक । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो । सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो । सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको… पुरा पढौ

‘चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’ : राजदूत ली

ढाका, १० कात्तिक । चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए । भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि “हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ,” भनेको केही दिनपछि… पुरा पढौ